विद्यार्थी चढ्ने सवारीमा महिला चालक अनिवार्य


प्रकाशित मिति :2017-09-26 08:57:48

-महिला खबर-

भारतको तेलंगनाका विद्यालय र कलेजका महिला विद्यार्थी चढ्ने बसहरुमा अबदेखि महिला चालकको व्यवस्था गरिने भएको छ ।

केन्द्रिय सरकारले महिला चालक र सवारी परिचालकहरुलाई तालिमको व्यवस्था पनि गर्ने भएको छ । महिला तथा बालबालिका मन्त्री मनेका गान्धीले भन्नुभयो, ‘नरेन्द्र मोदीको सरकारले प्रान्तिय सरकारलाई महिला सवारी चालकको तालिमको लागि चाहिने रकम निकास गर्ने छ ।

तेलंगनाको महिला विकास र बालबालिका कल्याण कार्यालयका निर्देशक भिजेन्द्र बोयीले द टाइम्स् अफ इन्डियासँगको कुराकानीमा भने अनुसार उहाँको कार्यालयले नीजि क्षेत्रका सबै विद्यालयहरुका व्यवस्थापन पक्षलाई महिला चालक र सहयोगीहरु विद्यार्थी चढ्ने सबै सवारी साधनहरुमा भर्ना गर्नू भनेर चिट्ठी लेखिरहेको छ।

यो पहल विशेष गरी बालिकाको सुरक्षालाई ध्यानमा राखेर गरिएको हो । यो निर्णय हालै घटेका यौन दुव्र्यवहार र हिंसात्मक घटनाहरु जस्तै गुरगाउँको र्यान विद्यालयमा भएको हत्या काण्डको पृष्टभूमिमा गरिएको हो।

मन्त्री मनेका गान्धीले हालैको हाइद्राबादको भ्रमणको क्रममा तेलंगनाको महिला विकास र बालबालिका कल्याण कार्यलयका पदाधिकारीहरुलाई यो परियोजनाको कार्यन्वयनको लागि पहल गरेकी थिईन्।

पदाधिकारीहरुले भारतीय उद्योग वाणिज्य संघको महिला संगठनको मद्दत लिने भएका छन्। संगठनले धेरै जना महिलालाई सवारी चालकको तालिम दिइसकेको छ।

निर्देशक भिजेन्द्र बोयीले सबभन्दा पहिले पुरुष सहयोगीको ठाउँमा महिला सहयोगीलाई भर्ना गरिने र अर्को चरणमा महिला सवारी चालकहरुलाई नियुत्ति गर्ने योजना बताए।

“हामीले विद्यालय शिक्षा र यातायात विभागका पदाधिकारीहरुसँगको बैठकमा महिला यातायात चालक र सहयोगीहरुको नियुक्ती सुनिश्चितताको बारेमा छलफल गरिरहेका छौं,” बोयीले भन्नुभयो, “अहिले नै केही विद्यालयका बसहरुमा महिला सहयोगीहरु छन्। मेरो बच्चाको विद्यालयको बसमा पनि महिला सहयोगी छिन्।”
साभारः– द टाइम्स् अफ इन्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: