यसरी मिलेर गरौं घरको काम


प्रकाशित मिति :2017-09-26 12:52:18

-सर्मिला बुढाथोकी-

दोलखा । दशैं नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । अब घरघरमा पाहुना आउने, मिठा परिकार बनाउने लगायतका काम हरेक परिवारमा थपिँदै छ । सामान्य समयमा भन्दा यस्तो चाडपर्वका बेला महिलाहरुलाई कामको बोझ हुने गर्दछ ।

कामको बोझ बढ्ने बेला पुरुषहरु पनि घरको काम समान रुपमा नगर्ने प्रचलन नेपाली समाजमा धेरै छ । तर, दोलखामा केहि यस्ता आर्दश जोडी छन् जसले चाडपर्वका बेलामामात्र हैन हरेक बेलामा घर तथा बाहिरका कामहरु मिलिजुली गर्दै आएका छन् ।

दोलखा सदरमुकाम चरिकोटकी मिना श्रेष्ठको घरमा कामको जिम्मेवारी अन्य महिलाहरुको भन्दा फरक छ । चाड पर्वको बेला धेरै परिकार पकाउनु, घरमा आउने पाहुनालाई सत्कार गर्नु, सफा सुग्घर गर्ने काम तथा कुनै पनि काम आफु एक्लैले मात्र गर्नु नपर्ने श्रेष्ठ बताउनुहुन्छ ।

‘चाडपर्व सबैका लागि आउने हो महिलाहरु काममात्र गर्ने पुरुषहरु चाहिँ रमाईलो गर्न तिरमात्र लाग्ने हो भने हाम्रो लागि चाडपर्वको के अर्थ हुन्छ र ?’ मीना भन्नुहुन्छ– घरको हरेक काम हामी दुबै मिलेर गर्छौ  त्यसमा कहिल्यै गुनासो हुँदैन ।

मीनाको भोगाइमा समाजलाई देखाउनका लागि समानता भन्दा पनि परिवारमा साझेदारीले मुख्य भूमिका खेल्छ । थप्नुहुन्छ – त्यही साझेदारीले गर्र्दा हाम्रो चाडपर्वमात्र होईन हरेक दिन विशेष हुन्छ ।’

मीनाका श्रीमान् राजकुमार श्रेष्ठ पनि उहाँको कुरामा सहमत हुनुहुन्छ । पकाउने कुरा महिलाको मात्र ठेक्का जस्तो गर्न नहुने उहाँको भनाई छ । ‘चाडपर्व सबैका लागि हो ।’ राजकुमार भन्नुहुन्छ – ‘मैले पकाउन सहयोग गरे उनलाई अरु काम गर्न सजिलो हुन्छ ।’
घरको भान्छादेखि अरु कामहरु श्रीमान् श्रीमतीले मिलेर गर्ने हो भने काममा सहजता मात्र नभई परिवारमा सधैँ खुशी र उमंग रहने राजकुमारको भोगाई छ ।

तामाकोसी गाउँपालिका वडा नम्बर १ भीरकोटकी ६५ वर्षीया कुमारी तामाङलाई पनि अरु समयमा भन्दा दशैंको बेला कामको चटारो बढि नै हुन्छ । तर, उहाँको श्रीमानले समेत हरेक काममा सघाउने भएकोले उहाँलाई खासै समस्या हुँदैन ।

बाहिर भएका छोरा छोरी चाड मनाउन घर आउँछन्, पकाउने तुल्याउने, खान दिने कामले भ्याई नभ्याई हुन्छ । तर आफुले काम गर्दा श्रीमान् टुलुटुलु हेरेर नबस्ने भएकोले काम सहज हुने उहाँले बताउनुभयो ।

कुमारी भन्नुहुन्छ – वर्षमा एक पटक आउने चाडमा सबैले मिलेर काम गरेपछि पो रमाईलो हुन्छ त । म चाहिँ काममा जोती रहेने श्रीमान् हेरिरहने हो भने के को दशै रमाइलो हुुनु ? म भात पकाउँछु बुढा भाँडा माझ्छन् त्यसैले हाम्रो दशैंमात्र हैन हरेक चाड पर्व रमाईलो हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: