-महिला खबर-
सुनसरी । मोरङको केराबारीमा सम्पन्न तेश्रो महिला फुटबल नक आउट प्रतियोगिताको उपाधी लेटाङ फुटबल क्लवले हात पार्न सफल भएको छ ।
प्रतियोगितामा लेटाङले आयोजक खदम युवा क्लव बि लाई ४–१ ले पराजित गर्दै पहिलो भएको हो । विजेता क्लवलाई नगर ३१ हजार रुपैँया, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । दोस्रो हुने टिम खदम युवा क्लवलाई नगद २१ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा हाईस्कोर गर्ने खदमकी इमा राई र उत्कृष्ट खेलाडी खदमकै सुस्मिता लेप्चालाई नगद पाँच-पाँच हजार प्रदान गरिएको छ । प्रतियोगितामा अनुशासित टिमको उपाधी भने पार्टीगाउँ फुटबल क्लवले पाएको छ । प्रतियोगितामा ९ टिमको सहभागीता रहेको थियो ।
Comment Here!