‘दशै मनाउने चिन्ता’


प्रकाशित मिति :2017-09-26 14:38:19

–सन्दिप वि.क–

काठमाडौं । भनिन्छ, धनीका लागि रमाइलो र ऐश आराम गर्ने समय हो दशै, तर गरिबका लागि दशा । यतिबेला नेपालीहरुको घर आँगनमा दशै भित्री सकेको छ । कतिले दशैँका लागि सरसामान समेत बन्दोबस्त गरिसकेका छन् । कति दशै मान्न गाउँघर फर्कन थालिसकेका छन् । कति देशविदेश घुम्ने योजनामा छन् । तर दैनिक ज्याला मजदुरी गर्नेका लागि भने दशैँ दशा जस्तै भएको छ ।

काभ्रेको धुलीखेल नगरपालिका ३ बस्दै आएकी २८ वर्षीया सविता वि.कलाई दशैँ आयो भनेर खुशी हैन, दशैँ कसरी मानौँ भन्ने चिन्ता छ । सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका ७ ठूलोपाखा घर भई हाल धुलीखेलमा डेरामा श्रीमान र दुई छोरीको साथमा बस्दै आएकी छिन् । सविताका श्रीमान दुवै आँखा देख्दैनन् । श्रीमान नीरबहादुरले आँखा देख्न छाडेको ३ महिना मात्रै भयो । ३३ वर्षका श्रीमानले आँखा देख्न छाडेपछि सविताको परिवार विचल्लीमा परेको छ ।

सविताले भनिन्–‘विगतका बर्षहरुमा श्रीमानको कमाई थियो । छोराछोरीका लागि लुगाफाटो र दशैभरि मासु खाने व्यवस्था राम्रै हुन्थ्यो, यो बर्ष पैसा छैन, केटाकेटीले नयाँ लुगा किनिदिउ भन्छन्, मासु खाना खोज्छन् तर मसँग पैसा छैन ।’
काठमाडौंको स्वायम्भ्मा आफन्तको ग्रील पसलमा काम गदै आएका नीरबहादुरको गत असारमा मेसिनले हातसगैँ उनी आँखा नदेख्ने भए । ऋण खोजेर उपचार नगरेको पनि हैन तर श्रीमानको आँखा ठिक भएन । उपचार गर्दा एकलाख भन्दा बढि खर्च भएको उनले बताइन् ।

घरमा कमाउने मान्छे नै आँखा नदेख्ने भएपछि सविता अहिले दुई छोरी र श्रीमान कसरी पालौँ र दशै कसरी मनाऊ भन्ने चिन्तामा छिन् । सविताले १७ वर्षको उमेरमा सिन्धुपोल्चोकका नीरबहादुर सँग प्रेम विवाह गरेकी थिइन् । उनको ठूलो छोरी समिक्षा नै ८ वर्षकी छिन् भने कान्छि २ वर्षकी छिन् । दशैँ आयो, छोरा छोरी नयाँ लुगा भन्छन् । श्रीमान आँखा देख्दैनन् । कसरी मानौ यो दशै । गाउँमा दशैँको चहल पहल छ । आफूसगँ पैसा छैन् । मनै भक्कानिएर आउँछ ।

ओखलढुंगा चम्पादेवी गाउँपालिका ४ सौरिनीकी तुलसा खत्रीलाई पनि यो दशैँ दशा आएजस्तै भएको छ । २२ वर्षीय तुलसाको कम्मर तलको भाग चल्दैन् । दायाँ हातको औँला चल्छ तर नाडी चल्दैन् । दश वर्षको उमेरदेखि नै भीरबाट खसेर अपाङग भएकी तुलसा अहिले ७१ वर्षीय वृद्धा आमा सगैँ बस्दै आएकी छिन् ।
सुतेर खाने बहिनी र बसेर खाने आमालाई पाल्न सक्दैनौ भन्दै उनका दाजुभाउजुले समेत छोडेर गएपछि उनीहरु बेसाहारा जस्तै भएका छन् ।

उनले भनिन्–‘गाउँमा सबैको घरमा दशैँ आयो, तर हाम्रो घरमा आएन् । घरमा चामल छैन । कसरी मनाउने दशैँ ।’दशैँमा सरकारले सामाजिक सुरक्षा भत्ता नदिएकोमा उनको ठूलो गुनासो छ । उनले भनिन् – बरु अरु बेलामा सामाजिक सुरक्षा भत्ता नदिएपनि दशैँमा त दिएको भए हुन्थ्यो । हामी जस्ता व्यक्तिले दशैँ त मान्न पाउँथेऊ ।

जनकपुर घरभई हाल काठमाडौंको थापाथलीमा बस्दै आएकी किरण शाहलाई पनि दशै कसरी मनाऊ भन्ने ठूलो चिन्ता छ ।
४० वर्षीय किरण विगत दुई वर्षदेखि थापाथलिमा बदाम बेच्दै आएकी छिन् । उनका श्रीमान सामान्य मजदुरी गर्छन । उनीहरुका ३ वटा छोरा छन् ।
उनले भनिन् –‘दशै लागि सक्यो, किनमेल केही गर्न पाएको छैन् । छोराहरु नयाँ लुगा किन्दिए भन्छन् । महंङ्गी छ । माछा मासु पनि ल्याउनै पर्यो । कमाई छैन । कसरी दशैँ मानौ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: