रातो टिका लगाएरै दशैं मनाउँछौं


प्रकाशित मिति :2017-09-28 10:00:20

सर्मिला बुढाथोकी –

दोलखा । कालिञ्चोक गाँउपालिका ८, सुन्द्रावतीकी ६५ वर्षीया तारा खड्का एकल महिला हुनुहुन्छ । श्रीमानको मृत्यु पछि पनि उहाँले दशैमा रातो टिका लगाउन छोड्नु भएको छैन ।

दशैमा रातो टिका लगाउँदा कतिले परम्परा विपरीत गरेको भन्दै आलोचना गरे । कुरा काटे । तर, ताराले आफूभन्दा ठूलालाई रातो टिका लगाएर आर्शिवाद दिन लगाउनुभयो । ताराले थप्नुभयो – ‘मेरो आत्माले गलत संस्कारलाई निरन्तरता दिनु हँुदैन भन्ने ठानेर श्रीमानको मृत्यु पछि पनि टिका लगाउन नछोडेको हुँ ।

२३ वर्षको उमेरमा विवाह गर्नु भएकी ताराले २५ वर्षकै उमेरमा श्रीमान् गुमाउनु भयो । श्रीमानको मृत्यु पछि एक वर्षसम्म हिन्दु विधी अनुसार बरखी बार्नु भएको तारा टिका र कपडा बारेरमात्र मृत आत्माले शान्ति पाउछ भन्ने कुरामा विश्वास नभएकोले टिका लगाउन थालेको बताउनुहुन्छ ।

‘मैले बाँचुन्जेल श्रीमानलाई कहिल्यै नराम्रो गरिन । उहाँको सेवा र सम्मानमा कहिल्यै कमी भएन तर उहाँको मृत्यु पछि टिका या कपडा बारेरमात्र सबैकुरा हुने हैन नी’ – ताराले भन्नु भयो ।

श्रीमान् बाँचुन्जेल राम्रो नगर्ने अनि मृत्यु पछि रातोे टिका, कपडा नलगाएर ढोङ गर्ने प्रचलन उपयुक्त नभएको ताराको बुझाई छ । उहाँ भन्नुहुन्छ – यस्तो गलत संस्कारको अन्त्यको लागि हामी सबै एकल महिलाले प्रयास गर्नु पर्छ ।

विधवाले पनि टिका लगाउँछन् भनेर कुरा काट्ने हाम्रो समाजमा विशेष गरी घरमा सासु ससुराको डर हुन्थ्यो उति बेला । तर तारालाई ससुराले नै निधार भरी अविरले मुछेका राता अक्षता लगाईदिनु भयो । ‘घरमा सहज भए पछि समाजले के भन्ला भन्ने कहिल्यै लागेन ।’ ताराले रातो टिका लगाउने आत्मविश्वासबारे बताउनुभयो ।

विवाह पछि लगाएको पोतेमात्र हो अरु त अविवाहित हुँदा पनि लगाएकै हो भनेर पनि रातो टिका लगाउने गरेको ताराको भनाई छ । ताराको बुझाइमा समाजको डरले रातो टिका, कपडा लगाउन छोड्यो भने समाजले महिलालाई हेर्ने दुष्टिकोण कहिल्यै फेरिँदैन ।

तारा झैं एकल महिला साबित्री उप्रेती पनि दशैंमा रातो टिका लगाउनुहुन्छ । तामाकोसी गाउँपालिका १, भिर्कोटकी ४१ वर्षीया साबित्रीलाइ रातो पहिरनमा पनि छेकबार छैन ।

 सावित्रीले श्रीमान् गुमाउनु भएको ७ बर्ष भयो । श्रीमान्को मृत्यु पछि धार्मिक मान्यता अनुसार १ बर्षसम्म बरखी बारेको उपे्रती श्रीमान् नुहने महिलाले रातो टिका, कपडा, चुरा लगाउनु हुदैन भन्ने संस्कारको आफु विरोधी भएको बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ– जन्मेदेखिनै लगाएका कुरा त्याग्नु पर्छ भन्ने छैन, यो नियम समाजले नै बनाएको हो । रातो लगाउन मन हुनेले पनि श्रीमान्को मृत्यु पछि लगाउनु हुदैन भनेर कुनै धार्मिक शास्त्रमा लेखिएको छ भने पनि त्यो गलत भएको सावित्रीको भनाई छ ।

परिवारमा सबै मिलेर बस्ने, आफु भन्दा ठुलोको सम्मान गर्ने, माया गर्ने र हरेक काम मिलिजुली गर्ने संस्कारको विकास हुनुपर्ने पक्षमा रहनु भएको सावित्री लगाउने र खाने कुरामा कुनै पनि अवस्थामा वाराना गर्न नहुने बताउनु हुन्छ । कसैको मृत्यु पछि के लगाउन हुने, के लगाउन नहुने भन्ने बहसमा अल्झीनु भन्दा परिवारमा शुख शान्ति कसरी ल्याउने, बाल बच्चालाई कसरी राम्रो शिक्षा दिने, श्रीमान लगाएत परिवारका अन्य सदस्यलाई कसरी मिलाएर सम्मान साथ राख्ने भन्ने कुरामा ध्यान पु¥याउनु पर्ने सावित्रीको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: