बोक्सीको आरोपमा अमानवीय व्यवहार गर्नेलाई कारबाहीको माग


प्रकाशित मिति :2017-09-28 20:36:44

महिला खबर
काठमाडौं । सामाजिक अभियन्ता राजकुमारी उपाध्यायलाई बोक्सीको आरोप लगाई कुटपीटका साथै दुव्र्यहार गरेको विरोधमा अधिकारकर्मीहरुले काठमाडौंमा विरोध रयाली निकालेका छन् ।

महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, महिला दबाब राष्ट्रिय अभियान, राष्ट्रिय महिला अधिकार मञ्च, महिलाका निम्ति महिला मञ्च लगायत महिला अभियान्तहरुको संयुक्त आयोजनामा र्याली आयोजना गरिएको हो ।

र्याली बबरमहलबाट सुरु भई बानेश्वर पुगी कोणसभामा परिणत भएको हो थियो । कोणसभालाई सम्बोधन गर्दै ओरेकका संस्थापक अध्यक्ष तथा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष डा. रेणु अधिकारीले बोक्सीको आरोपमा यसरी महिला मानव अधिकार रक्षक तथा महिलाअधिकारकर्मी स्वंयमलाई अमानवीय व्यवहार हुनु दुःखद भएको बताउनुभयो ।

नेपालको संविधानको मौलिक हक र कर्तव्यले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गरेको कुराको जानकारी गराउँदै यसरी एक महिलालाई बोक्सीको आरोप लगाई महिला माथि यसप्रकारले अपराध हुनु संविधानले प्रदान गरेको हकको समेत उल्लंघन भएको बताउनु भएको थियो ।

राजकुमारी उपाध्याय लाई गत असोज ७ गते मध्यरातमा सुतिरहेकै अवस्थामा सशस्त्र प्रहरीका भोगेन्द्र कार्की र उनकी श्रीमतीले बोक्सीको आरोप लगाउदै अमानवीय व्यवहार गरेका थिए । उपाध्याय महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जालका सदस्य तथा महिला हिंसा विरुद्धको अभियानमा लामो समयदेखि आबद्ध हुनुहुन्छ ।

नेपाल सरकारले कुनै पनि व्यक्तिलाई बोक्सा वा बोक्सीको आरोप लगाउने, आरोपित व्यक्तिलाई क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा कुनै पनि किसिमले यातना दिने जस्ता अमानवीय कार्यलाई दण्डनीय बनाई सामाजिक कुरीति तथा अन्धविश्वासको रुपमा रहेको त्यस्तो कार्य निवारण गर्न बोक्सीको कसुर तथा सजाय ऐन, २०७२ समेत लागु गरेको छ ।

यद्यपी नागरिकको न्यायको रक्षा गर्ने स्वयं व्यक्तिबाट नै यस्तो किसिमको हिंसा हुनु निन्दनीय र लज्जास्पद घटना हो भन्दै उक्त घटनाको घोर निन्दा र भत्र्सना गर्दै विरोध र्याली प्रदर्शन गरीएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: