दशैंमा श्रीमान फर्किने प्रतिक्षाको ८ वर्ष


प्रकाशित मिति :2017-09-28 20:53:01

नन्दा थापा

बाजुरा । श्रीमानसँगै टीका लगाउन माइती जान पाइने आशा मारेकी छैनन् बुट्टादेविले । देशभर दशैंको तामझामको मध्य छ । विदेशिएकाहरु ‘दशैं’ लिएर घर फर्किसकेका छन् । चोक, बजारमा चहलपहल बढेको छ ।

बाजुराको छेडेदह गाउँपालिका माटा सागुकी बुट्टादेवी शाहीलाई भने अझैं दशैंले छोएको छैन । श्रीमान् ज्ञानेन्द्र शाहीको ८ वर्षदेखिको प्रतिक्षामा छिन् उनी । श्रीमान् फर्किए सँगै दशैं मनाउँला भन्ने आशा अझै छ ।

भारतमा रोजगारीको शिलशिलामा गएका बेखबर छन् । उनी भने श्रीमान ज्ञानबहादुरको बाटो हेर्दै बसेकी छन् । दशैं बोकेर घर फर्किने आशा त्यागेकी छैनन् । त्यही आशामा उनले सात वटा दशैं बिताइसकिन् । एक समय थियो, घरमा दशैं भित्र्याएर टीका लगाउन माइती जान्थे ।

उनीहरुको प्रगाढ माया देख्दा छरछिमेकलाई डाहा लाग्थ्यो । तर, त्यो मायाले निरन्तरता पाएन । मंसिर ०६७ मा भारतमा हुदै यामबहादुर एकाएक बेपत्ता भए । पति बेखबर भएपछि बुट्टादेविलाई दशैं आउन छाडेको छ ।

हरेक वर्ष जब दशैं आउँछ, उनको पीडा दोब्बर हुन्छ । ‘पहिले श्रीमानसँगै दशैं मनाएको याद आउँछ । यहि अघिल्लो भदौं महिनामा बुट्टादेविका श्रीमानको खोजीको लागि उनका ससुरा जयबहादुर शाही भारत पुगे । बुवा जयबहादुर भारतमै महिना दिन लगाएर आफन्तकहाँ पुगे । ‘छोरा ज्ञानेन्द्रका साथीहरु कहाँ पुगें कतै छोरालाई भेटिन’ गहभरी आँशु पोख्दै भने ।

मरेको लास देखेपनि बुट्टादेवि र उनको ससुरा जयबहादुरको चित्त बुझ्न थियो । आजभोली दशै, सबै घर आउदा बेलुकापख उनकै बाटो हेर्ने गरिरहेका छन्, ससुराबुहारीले ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: