सृजना अर्याल
चितवन । नारायणगढका कपडा व्यवसायी महिलाले दशैंको अवसरमा श्रीराम जानकी बालिका आश्रम तथा श्रीरामजानकी ग्रागी कन्या गुरुकुलका बालिकाहरुलाई नयाँ लुगा प्रदान गरेका छन् ।
दशैंको अवसरमा लोक कल्याण सेवा प्रतिष्ठानबाट सञ्चालित देवघाट चितवनमा रहेको सो आश्रमका बालिकाहरुलाई पुजासहेली सुटहाउस नारायणगढकी प्रोपाइटर सावीत्री पौडेल(पुजा), बन्दना सुट हाउस नारायणगढकी गीता पौडेलले रेडिमेड कुर्ता सलवार सहयोग गरेका हुन् ।
त्यसैगरी अञ्जु भेराइटी कष्मेटिक पसल नारायणगढकी अञ्जु पौडेल हेडवीन, रबरब्यान्ड काटा लगायतका सामाग्री सहयोग गर्नु भयो । बालिका आश्रममा रहेका बालिकाहरुलाई कुल ८५ हजार रुपैयाँ बराबरको कपडा तथा अन्य सामग्री हस्तान्तरण गरिएको हो ।
Comment Here!