बालगृहमा नै दशैंको खुसी


प्रकाशित मिति :2017-09-29 22:15:24

खेमा बस्नेत

काठमाडौं । कैलालीकी ९ वर्षीया सोनी वि.कले चारवर्षदेखि ‘बेबी लाईफ होम’ किर्तिपुरमा दशैं मनाउँदै आएकी छन् । सोनीलाई दशैं तिहारमा घर जाउँ भने कोही आफन्त छैनन् । न त उनलाई दशैंमा सम्झने आफ्नो मान्छे नै छन् ।

‘म यहाँ ६ वर्षकी हुँदा आएकी हुँ । यहाँ आएपछि मेरा दशैं यहि हुने गरेको छ । मलाई दशैंमा घर जान मन नै लाग्दैन । घर आउ भनेर कसैले भन्दैन । कहाँ जाने ।’

एचआइभी संक्रमणबाट आमाबुबाको नै मृत्यु भएपछि उनी बिचल्लीमा परेकी थिईन् । उनलाई बेबी लाईफ होमका संस्थापक अध्यक्ष राज कुमार पुन र उपाध्यक्ष उमा गुरुङले उनलाई बेबी होममा ल्याए । त्यसपछिका दिनमा उनका लागि राजकुमार आमा र उमा बुबा भएकी छिन् । बेबी होममा बस्ने अन्य बालबालिका दाजु दिदीहरु हुन् उनका लागि ।

‘दशैंमा घरको याद आउँदैन । यही मम्मी ड्याडीले नयाँ कपडा किन्दिनुहुन्छ । मामाको घरमा टिका लगाउन जान्छौं, पिङ खेल्छौ । यहाँ नै धेरै रमाइलो लाग्छ ।’

बर्दियाकी अस्मीता भण्डारी(१३)लाई पनि सम्झने आमा त हुनुहुन्छ तर फोनसम्म गर्न सक्ने आर्थिक अवस्था छैन । एचआइभी लागेर बुबाको मृत्यु भए पनि अस्मीताकी आमा भने औषधीको सहारामा बाँचिरहेकी छिन् ।

सोनीलाई जस्तै उनलाई पनि दशैंमा घरको याद नै आउँदैन । भन्छिन् – ‘मम्मी ड्याडीले सपिङ लानु हुन्छ । दशैंमा टिका लगाउने । पिङ खेल्न सबै गर्छौं । यहाँ एकदमै रमाइलो लाग्छ मलाई ।’

पुष्पा (१३)ले बेबी होममा दशैँ मनाउन थालेको ७ वर्षभयो । पुष्पाले दशैं आउँदा आमाबुबा सधैँ सम्झिन्छिन् । आमाबुबासँग मनाएको दशैं सम्झिँदा उनको आखाभरी आँशु आउँछ । ‘दशैंमा आमाबुबाको धेरै याद आउँछ । आमाबुबा हुनुहुन्न । मामाहरु छन् तर मलाई कहिले सम्झनुहन्न ।’ गहभरी आँशु पार्दै पुष्पाले भनिन् ।

आठांै वर्षको दशैं पनि उनले आफन्तबिना मनाउने छिन् । तर उनलाई आफन्तले नसम्झिदैमा उनको मन दुखी भने हुँदैन । आफन्तको घरमा भन्दा बढी रमाइलो उनलाई बेबी होममा नै लाग्छ । ‘मलाई दशैंमा कसैले नसम्झिए पनि यहाँ मलाई धेरै माया गर्ने मम्मी डयाडी छन् । हजुरआमा र मामाहरु पनि छन् । हामीहरुले दशैंमा नयाँ कपडा लगाउँछौं । मामाको घरमा टिका लगाउन जान्छौ । पिङ पनि खेल्छौ । यहाँ एकदमै रमाइलो लाग्छ मलाई ।’

बैतडीकी मन्जु चन्द (१५) लाई एकचोटी मञ्जुकी दिदीले दशैंमा लिन आउँछु भनिन् । दिदिको घरमा दशैं मनाउने खुसी धेरै दिन टिक्न भने सकेन मन्जुको । थपिन् ‘एकचोटी दशैंमा दिदी लिन आउँछु भनेर फोन गर्नुभयो । म एकदम रमाएकी थिएँ तर पछि लिन आउनुभएन । त्यसदिनदेखि मैले आफन्तकोमा जाने बारे सोच्नै छाडें ।’

माथिका जस्तै २३ जना बालबालिकाहरुलाई दशैं मनाउनेबारे सोध्दा सबैको एउटै उत्तर आउँछ, चाडपर्व सम्झने आफन्त छैनन् । तरपनि उनीहरुका लागि बेबी होम स्वर्ग नै हो । उनीहरुले त्यहाँ आमाबुबा, हजुर आमा, मामामाइजु छन् । दशैंमा नयाँ लुगा सबै पाउँछन् ।

बेबी लाईफ होमका संस्थापक अध्यक्ष राज कुमार पुन र उपाध्यक्ष उमा गुरुङ भन्छन्, ‘अरुको जस्तै २३ जना सन्तानको पनि दशैं हुन्छ । उनीहरुलाई सपिङ लाने, पिङ खेल्न लैजाने, मामामाइजु, हजुरआबाको टिका आर्शिवाद थाप्ने रमाइलो उनीहरु पनि गर्छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: