महिला खबर
काठमाडौं । विश्वमा आत्महत्याको प्रयास गर्नेमा पुरुष भन्दा महिला बढी रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । आत्महत्या गर्ने व्यक्तिले पटक–पटक आत्महत्याको प्रयास गर्ने विभिन्न अध्ययनले देखाएको छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार नेपालमा गएको बर्ष ५ हजार १ सय ११ जनाले आत्महत्या गरेका छन् । जसमा २ दुइ हजार १९६ महिला, दुई हजार ६२३ पुरुष, १७५ बालिका र ११७ बालकले आत्कहत्या गरेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताउनुभयो ।
आर्थिक वर्ष २०७२/७३ मा ४ हजार ६ सय ७३ जनाले आत्महत्या गरेका थिए । सबैभन्दा बढी ६–३५ बर्ष उमेर समूहका मानिसले (२८.१%) आत्महत्या गरेको छ । १६ बर्ष भन्दा कम र ६० बर्ष माथिले समेत क्रमशः२.६८% र ५.५८% ले आत्महत्या गरेको देखिन्छ ।
१८.१४% व्यक्तिले तनाव, १६.९३ % ले पारिवारीक कलह, ४.७९% गरीबीका कारणले आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । दिर्घ रोग र प्रेममा धोका पाएका कारणले पनि आत्महत्या गर्ने गरेका छन् । सवैभन्दा बढी आत्महत्या झुण्डिएर आत्महत्या गरेको न्यौपानेले बताउनुभयो ।
नेपाल आत्महत्या गर्ने मुलुकमा ७ औं र महिलाले आत्महत्या गर्नेमा तेस्रो स्थानमा पर्दछ । सन् २००८ को तथ्याङक अनुसार १५ देखि ४९ बर्षका महिलाको मृत्युदरको पहिलो कारण आत्महत्यालाई मानिएको थियो ।
आत्महत्या रोक्न सकिन्छ,: मनोचिकित्सक डा.सगुन बल्लभ पन्त (शिक्षण अस्पताल महाराजगञ्ज)
सबै आत्महत्या रोक्न सकिन्छ । ५० देखि ७० प्रतिशत मानिसले डिप्रेशनका कारण आत्महत्या गर्ने गरेको पाइएको छ । त्यसैगरी बंशाणुगत, बेरोजगार, असुविधा, गरिबी, द्धन्द्ध जस्ता कारणले पनि आत्महत्या गर्ने गरेको पाइन्छ । त्यसैले मानिसहरुमा मनोसामाजिक समस्याका बारेमा जानकारी दिन आवश्यक छ । सही उपचार पाएमा आत्महत्या रोक्न सकिन्छ ।
आत्महत्या प्रयास गर्नेमा महिलाको संख्या बढी हुन्छन् । किनभने महिलाले बिष सेवन गरि आत्महत्या बढी गर्ने गरेको पाइन्छ । बिष सेवन गरेका ब्यक्तिलाई तत्काल अस्पताल लैजादा बचाउन सक्ने सम्भावना धेरै छ ।
पुरुषहरुले झुण्डिएर र खोला वा पहाडबाट हाम फालेर बढी आत्महत्या गर्छन् । जहाँ बाँच्ने सम्भावना कम हुन्छ ।
नेपालमा गृहणी र गर्भवती महिलामा मनोसामाजिक समस्या बढी देखिएको छ । जसले आत्महत्याको समस्या निम्ताउने सम्भावना बढी हुन्छ । श्रीमान बैदेशिक रोजगारमा गएपछि एक्लै घरपरिवार सम्हाल्ने, जिम्मेवारीको बोझका कारण उसमा डिप्रेशन देखेन्छ । अर्को छोरी पाउने १० प्रतिशत आमाहरुमा यस्तो समस्या देखा परेको छ ।
कसैले आत्महत्या गर्ने प्रयास गरेमा वा डिप्रेसन भएको महसुस भएमा टिचिङ अस्पतालको पैसा नलाग्ने फोन ९८४००२१६०० मा फोन गरेर सुझाव सल्लाह लिन पनि अनुरोध गर्दछु ।
सुझावहरुः
–आत्महत्या मनोसामाजिक समस्या पनि हो । त्यसैले मनोविमर्शकर्ता वा मनोचिकित्सककोमा जाने ।
–आफ्ना कुराहरु साथीसंग सेयर गर्ने । सुन्ने मान्छेले पनि उसको कुरालाई गम्भीरतापूर्वक लिने र साथीको कुरा गोपनियता राख्ने ।
– सरोकारवाला संघसंस्थाहरुले चेतनामुलक कार्यक्रमहरु गर्ने ।
–आमाबुबाले पनि छोराछोरीको कुरा सुन्ने । साथी जस्तै भएर समय–समयमा उनीहरुसंग कुरा गर्ने ।
–बैदेशिक रोजगारमा गएका युवा, युवतीहरुलाई मनोस्वास्थ्य जाँच गरेर मात्र पठाउने ।
Comment Here!