राना थारु संस्कृति संरक्षणमा नन्दकली


प्रकाशित मिति :2017-10-04 15:04:22

–महिला खबर–

काठमाडौं । रानाथारु समुदायको भेषभुषा, संस्कारमा हुर्किएकी नन्दकली राना अहिले आफ्नो समुदायको संस्कृति संरक्षणमा जुटेकी छिन् ।

बृद्धाहरुले मात्र लगाउँदै आएका रानाथारु भेषभुषा युवा वर्गहरुबाट लोप हुँदै जाने थालेपछि नन्दकली यसको संरक्षणमा लागेकी हुन् ।

सात नम्बर प्रदेश अन्र्तगत कञ्चनपुर वेदकोटकी ३२ वर्षीय नन्दकली विगत १५ वर्षदेखि राना थारु समुदायको भाषा र संस्कृति जगेर्नाका लागि विभिन्न थारु पहिचानयुक्त सामाग्री बनाउँदै आएकी छिन् ।

सानैदेखि नन्दकलीले आमा र काकीसंगै रानाथारु संस्कृति झल्कने विभिन्न सामग्री बनाउँदै आईन् । पछिल्लो समय राना थारु महिलाले लगाउने पहिरन हराएको देख्दा यसको जर्गेना गर्नुपर्छ भन्ने महसुस नन्दकलीले गरिन् ।

जतिबेला नन्दकलीले रानाथारु महिलाले लगाउने भेषभुषाको जर्गेना कसरी गर्ने भन्ने सोचमा थिइन् त्यसबेला उनलाई यसविषयमा यथेष्ट जानकारी थिएन् । तर केहीवर्षदेखि उनले रानाथारु महिलाले लगाउने भेषभुषा, संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन् ।

उनी राना थारुको संस्कृति प्रवर्दन र संरक्षणको क्षेत्रमा लामो समयदेखि लागि पर्दै आएकी छिन् । संस्कृति संरक्षणमा योगदान पुर्याएको भन्दै नन्दकलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ललितकला विधाबाट क्षेत्रीय पुुुरस्कारबाट उनलाई सम्मान गर्यो ।

सम्मानित भएसगैँ महिलाखबरसंग कुरागर्दै रानाले रानाथारु संस्कृतिमा भित्रिएको पश्चिमी संस्कृतिको प्रभावप्रति असन्तुष्टि राखेकी छिन् उनले भनिन् –‘संस्कृतिमा भित्रिएको विकृतिले रानाथारु संस्कृतिको मौलिकपन लोप हुँदै गएको छ । नयाँ युवापुस्ता पुरै आयतित संस्कृतिलाई अगाल्न थालेका छन् । उनीहरुलाई राना थारु संस्कृतिको पृष्ठभूमीका विषयमा समेत थाहा छैन् । यसले भावी पुस्तामा आफ्नो कला–संस्कृति हस्तातरण गर्न समस्या पर्ने देखिन्छ ।’

आफ्नो पुर्खाले मानेको संस्कृति नयाँ पुस्ताले विर्सदै गएपछि आफू त्यसको संरक्षणमा लागिपरेको उनको भनाई छ । उनले आफ्नो संस्कृति, कला भेषभूषालाई जीवन्त राख्न थारु पहिरनलाई समेत संरक्षण गर्दै आएकी छिन् ।

नन्दकलीले विशेष गरेर राना थारु महिलाको पहिरन घघरिया (लेहंगा), अगिया(चोलो), चाला बनाउँदै आएकी छिन् । यस अघि उनकी आमाले पनि थारु संस्कृतिका पहिरन बनाउने गर्थिन् । आमाको सीप र कलाबाट प्रभावित भएर नन्दकलीले पनि थारु संस्कृति जगेर्नामा लागि परिन् । उनले रानाथारु महिलाले लगाउने लुगा दुई महिनामा तयार पार्छिन् ।

विशेष कला प्रयोगरी बनाउनुपर्ने भएकाले यो तयार गर्दा धेरै मेहनत र समय लाग्छ । उनले भनिन्– ‘लुगा बनाउन विभिन्न रंगका कपडा, स–साना ऐना, रिवन, विभिन्न रंगका धागोको प्रयोग हुन्छ । बढी मेहनत लाग्ने भएकाले पूर्णरुपमा एकजोर पोसाक तयार पार्न कम्तिमा दुई महिना लाग्छ’ ।

यसरी तयार पारेको लुगा अर्थपूर्ण र मूल्यमान हुन्छ । घघरिया तयार पार्न मात्रै ७ हजार देखि १० हजार रुपैँयाको सामाग्री लाग्छ । दुई महिनाको मेहनत वा ज्याला जोड्दा निकै महङ्गो पर्छ ।

नन्दकलीले अहिलेसम्म १२ जोर ड्रेस तयार पारि सकेकी छिन् । आफूले बनाएको सामानको मूल्य नतोक्ने गरेको उनले बताइन् । ‘पहिचान र संस्कृति बोकेका यस्ता पोसाकहरुको मूल्य हुुँदैन । त्यसैले जसले जति दियो त्यसमा हुन्छु ।’ उनले भनिन् ।

नन्दकलीको संस्कृति संरक्षण तथा प्रवर्दन अभियानलाई समुदायले समेत साथ दिन थालेको उनले बताइन् । बीचमा हराएको थारु पहिरन तथा भेषभुषा अहिले चाडपर्व लगायत विभिन्न पर्व र उत्सवहरुमा लगाउन थालिएको छ ।

नन्दकली जहाँ जान्छिन् त्यहाँ रानाथारु संस्कृतिको बारेमा आफैँ प्रचार गर्छिन् । रानाथारुको कला, संस्कृति, भाषा, भेषभुषा, जर्गेना गर्दै नयाँ पुस्तालाई हस्तातरण गर्ने उनको उदेश्य छ ।

आफूले प्राप्त गरेको क्षेत्रीय पुुुरस्कारले रानाथारु संस्कृति संरक्षणमा थप हौसला र प्रेरणा मिलेको उनको भनाई छ । उनी नेपाल सरकारका संस्कृति मन्त्री जितेन्द्र नारायण देवबाट पुरस्कृत भएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: