नयाँ घर पाउँदा विष्णुमाया मख्ख


प्रकाशित मिति :2017-10-04 17:27:39

–महिला खबर–

सुनसरी । गत साउन २५ गते परेको अविरल वर्षाले मोरङको बेलबारी १ नक्सालबारीकी एकल तथा असहाय महिला बिष्णुमाया खड्काको घर भत्काइदियो । भएको एउटा छाप्रो समेत भत्किएपछि विष्णुमाया विचल्लीमा परिन् ।

श्रीमानको निधनपछि विष्णुमाया दाउरा बेचेर १० वर्षीय छोराको साथमा जीवनयापन चलाउँदै आएकी थिइन् । दाउरा बिक्रि हुन छाडेपछि विष्णुमायालाई बिहान बेलुका हातमुख जोड्न समेत धौँधौँ भएको थियो । आर्थिक अवस्था कमजोर भएकै कारण विष्णुमायाका छोरा शिवको पढाइ समेत रोकिने अवस्थामा पुगेको थियो ।

तर बेलवारीका जागरुक युवाले सहयोग जुटाएरै विष्णुमायाको घर निर्माण गरिदिएका छन् । उनको घर निर्माणका लागि हाल कुवेतमा रहेका बेलबारी १ का अमृत गुरुङले २० हजार, इजरायलमा रहेकी बेलबारी ३ की गिता सुवेदीले १५ हजार ५ सय रुपैँया उपलब्ध गराएका थिए ।

यस्तै उनलाई बेलबारी नगरपालिका वडा नम्बर १ बाट १५ हजार रुपैँया, नक्साल सामुदायिक बन उपभोत्ता समूहबाट काठ सहयोग, अमना सिसौली सामुदायिक वनबाट बाँस सहयोग भयो । जनश्रमदानबाट निर्माण गरिएको घर दशैं पाउँदा विष्णुमाया मख्ख थिइन् ।

बेलवारी जेसीस र नक्सालवारी यूवा क्लवको सक्रियतामा निर्माण गरिएको घरको चावी नेपाल जेसीजका अध्यक्ष प्रकाश अघिकारी विष्णुमायालाई हस्तान्तरण गरे । उनले विष्णुमायाका छोरा शिवलाई पठनपाठनका लागि १० हजार रुपैँया सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

जेसीजमा आवद्ध माइलस्टोन इङिलस स्कुलका प्रिन्सिपल जेसी दिपेन्द्र खुलालले शिवलाई १० कक्षा सम्म निशुल्क अध्यापन गराउने बताए ।

बेलबारी जेसिजका अध्यक्ष माधवराज थापाले लत्ताकपडाका साथै बेतना पुस्तक पसलका सञ्चालक जेसी बाबुराम चौधरीले कापी, कलप र शैक्षिक सामाग्री सहयोग गरेका थिए । जेसी अच्युत पौडेल र मित्र ढकालले विद्यालय पोशाक, जेसी खगेन्द्र खनालले विद्यालयको ब्याग, घरायसी ड्रेस उपलब्ध गराएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: