रुखबाट लडेर घाइते सुष्मालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-10-05 11:53:09

–महिला खबर–

काठमाडौं । जंगलमा दाउरा खोज्न जाने क्रममा रुखबाट लडेर गम्भीर घाइते शुष्मा परियारलाई मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । गोरखा अजिरकोट गाउँपालिकाको मुच्चोक–२ की १६ वर्षीया परियारलाई रोजगारीका निम्ति मलेसिया र दुवईमा रहेका नेपालीहरूले नगद २५ हजार २ सय ३ रुपैयाँ सहयोग गरेका हुन् ।

सुष्माको उपचारका लागि मलेसियामा कार्यरत आशिष परियारको नेतृत्वमा २२ हजार २ सय ३ रुपैँया संकलन भएको हो भने दुवईमा कार्यरत राजन परियारले ३ हजार रुपैयाँ दिनुभएको छ । संकलित रकम वीर अस्पतालमै पुगेर लक्ष्मी सेन्चुरीले बुधबार सुष्मालाई हस्तान्तरण गर्नुभयो ।

आर्थिक अवस्था कमजोर भएकी सुष्माको विषयमा महिला खबर अनलाईनमा समेत समाचार प्रसारण भएको थियो । समाचार प्रसारण भएसँगै चेन्ज एक्सन नेपालले उपचार खर्च बेहोर्ने प्रतिवद्धता समेत जनाएको छ ।

सुष्माको अहिले काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र घाँटीको गर्धन समेत भाँचिएकोले अप्रेशन गर्नुपर्ने अस्पतालले जनाएको छ । उनको उपचारका लागि एक लाख रुपैँया भन्दा बढी खर्च भइसकेको सुष्माका आफन्त भिमसेन परियारले महिलाखबरलाई जानकारी दिनुभयो । सुष्माका बाबु आमा कोहि छैनन् । उनी ठूली आमाको घरमा बस्दै आएकी थिइन् ।

यो पनि हेर्नुहोस्

 

‘सहयोगको याचना गर्दै सुष्मा’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: