सविताको उद्योगमा महिलालाई मात्रै जागिर


प्रकाशित मिति :2017-10-05 12:40:23

लिलाराज भट्टराई

सुनसरी । हरेक विद्यार्थीको लक्ष्य हुन्छ डक्टर, इन्जिनियर, पाइलट आदि बन्ने । तर, पूर्वको व्यापारिक नगरी इटहरीकी चर्चित उद्यमी सविता भट्टराईलाई भने सानैदेखि लक्ष्य थियो–उद्यमी बन्ने । उहाँ चाहनुहुन्थ्यो, अरुकोमा जागिर खाने होइन, आफूले चाहिँ अरुलाई जागिर दिने । स्कुल पढ्दै देखि यस्तो सपना देख्नुभएकी भट्टराईले अरुलाई जागिर दिलाउने लक्ष्य राख्नुभयो । लक्ष्यमात्र राख्नुभएन, लक्ष्यमा पुग्न अग्रसर पनि बन्नुभयो र अन्ततः उहाँ सफल उद्यमीको रुपमा स्थापित हुनुभयो ।

सविताले इटहरी देखि अलिकति पूर्व गछियामा रहेको जयश्री कंक्रिट उद्योग संचालन गर्दै आउनुभएको छ । जयश्री कंक्रिट उद्योग इटहरी ८ स्थित उहाँकै घरमा रहेको दुर्गा डेकोर उद्योगबाट जन्मिएको हो । जयश्री कंक्रिट उद्योगमा यतिबेला बिस जना महिलाले रोजगारी पाएका छन् ।

उद्योगबाट प्राप्त सफलताका कारण उहाँले अर्को उद्योग बिस्तार गर्नुभएको हो । अहिले भने स्वास्थ्यका कारण घरको उद्योग बन्द गरेर जयश्री कंक्रिट उद्योगमानै उहाँ केन्द्रित हुनुभएको छ । उद्योग संचालनका लागि सवितालाई श्रीमान र छोराले पनि मज्जाले साथ दिएका छन् ।

सविताको उद्योगमा उत्पादित सामग्रीहरू इटहरी, इटहरी आसपास र बिर्तामोठ र जनकपुरसम्म पुग्छ । उहाँले महिलालाई मात्र रोजगारी दिनुभएको छ ।

महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउन आफूले त्यसो गरेको सविताको भनाइ छ । तुलनात्मक रुपमा महिला बढि इमान्दार र लगनशील हुने समेत उहाँको अनुभव छ ।

यसरी बन्यो व्यवसायी बन्ने सोच

सविताको माइती विराटनगर हो । बुबा चिरञ्जीवी वराल सरकारी जागिरे । उहाँ अस्पतालमा काम गर्नुहुन्थ्यो । आमा कमला वराल भने व्यवसायी । आमाले औषधी पसल चलाउनुहुन्थ्यो । आमाले वुवाको भन्दा घेरै पैसा कमाउनुहुन्थ्यो । त्यहि बेला सवितालाई लाग्यो जागिर खानु भन्दा व्यवसाय गर्दा राम्रो हुनेरहेछ । आफू कुनै दिन उद्योगी बनेर अरुलाई जागिर दिन सक्ने हुन्छु भन्ने सविताले त्यहि वेला सोच्नुभयो ।

श्रीमानकाे पुस्तक पसलबाट सुरुवात

२०४४ सालमा धरान निवासी जनक भट्टराईसँग उहाँको विवाह भयो । श्रीमानको घर घरान भएपनि काठमाडौं बस्नुहुन्थ्यो । श्रीमानको पुस्तक पसल थियो । सविताले खोजे जस्तै भयो पुस्तक पसल संचालनको जिम्मेवारी उहाँले पाउनुभयो ।

आमालाई औषधी पसलमा सघाउँदा सघाउँदै व्यापार बुझेकी सवितालाई पुस्तक पसल चलाउन गर्न समस्या भएन । त्यसमाथि श्रीमानको पनि सहयोग पाएपछि व्यवसाय अगाडि बढाउने उहाँलाई थप हौसला मिलयो ।

किराना पसल हुँदै डेकोर उद्योग

२०५३ सालमा श्रीमान जापान जानुभयो । श्रीमान जापान गएपछि सविता इटहरी फर्कनुभयो । काठमाडौंमा व्यापारमा बसेको रसका कारण इटहरीमा पनि उहाँले ब्यापार नै गर्ने अठोट गर्नुभयो । साना बालबच्चा स्याहार्दै घरैमा किराना पसल सुरु गर्नुभयो । सानै देखि केहि फरक गर्नुपर्छ भन्ने मान्यता राख्ने सविताले किराना पसल गर्दा गर्दै सानोतिनो भएपनि उद्योग संचालन गर्ने सोच बनाउनुभयो ।

त्यो सोच २०६३ सालमा पुराभयो । अनि १० लाखको लगानीमा घरैमा सुरु भयो दुर्गा डेकोर उद्योग । त्यहाँ टाली, मुडका, गमला, तुलसीको मठ लगायतका सामग्री उत्पादन भए । उहाँको मेहनत, श्रीमान र छोराछोरीको सहयोगले उद्योग निक्कै फष्टायो । दुई दर्जन बढि महिलालाई रोजगारी दिनुभयो । उहाँले उद्योग विस्तार गर्ने सोच बनाउनुभयो । मोरङको गछियामा संयुक्त लगानीमा जयश्री कंक्रिट उद्योग सुरू भयो ।

जागिरे होइन, उद्योगी बन्नुस्

सविताले सानै देखि जागिरे होइन, उद्योगी बन्ने सोच राख्नुभयो । त्यसैले उहाँ अरूलाई पनि जागिर खाने होइन, उद्योगी बन्ने सल्लाह दिनुहुन्छ ।

साना बच्चाहरूलाई सानै देखि उद्योगी बनेर अरुलाई जागिर दिने मानसिकता वनाउने कार्यमा अविभावक र विद्यालयको ठुलो भूमिका हुने उहाँको भनाई छ । देशको समृद्धिका लागि समेत यो आवश्यकता रहेको उहाँको ठम्याई छ ।

महिला दिदी बहिनीहरूलाई पनि हिम्मत गरेर केहि गर्न उहाँको सल्लाह छ । दृढ अठोट राखेर गरिएको काममा असफल नहुने अनुभव बटुलेकी सविता मनमा डर नराखि व्यापार, व्यवसायमा अघि बढ्न सल्लाह दिनुहुन्छ ।

छोटो समयमै धेरै पैसा कमाउन सकिदैन, जुन काम गरिन्छ, त्यसलाई निरन्तरता दिन सके बिस्तारै व्यवसमय बिस्तार हुँदै जान्छ । त्यसबाट नाम र दाम दुवै कमाउन सकिने उहाँको भनाई छ । तर, धैर्य भने गर्न सक्नुपर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: