म “आफै गर्नेछु” भन्ने साहसका साथ साउदी महिला लुहाइद साइकलमा


प्रकाशित मिति :2017-10-05 15:58:09

महिला खबर

साउदी अरेबिया महिलाको लागी संसारकै सबैभन्दा दमनकारी मुलुक मध्य एक रहिआएको छ । जहाँ महिलाको मानवअधिकारको पहँुचमा पुरुषको अनुमति बाध्यकारी हुन्छ र महिलावादी कार्यकर्ताहरू पक्राउ पर्ने खतरा हुन्छ । केहि परिवर्तनहरू बिस्तारै हुँदैछन् ः राजा सलमानले पुरुषको अभिभावकत्वको पकडलाई केहि खुकुलो गरेका छन् र महिलाहरूलाई काम गर्न प्रोत्साहित गर्दैछन् । तर, अझै पनि तिनीहरूलाई सवारीसाधन चलाउने अनुमति छैन ।

जे भए पनि त्यहाँ महिलाहरू चुप लागेर बस्न अस्वीकार गर्छन् । २५ बर्षीया बराह लुहाइदलाई सधंै साइकल चलाउन मन पथ्र्यो । तर, महिलालाई साइकल चलाउन सन् २०१३ मै कानुनले मान्यता दिइसकेको भए पनि पार्क र समुन्द्रि किनारमा मात्र अनुमति छ, त्यो पनि पुरुष अविभावकको उपस्थितीमा मात्र । लुहाइद महिला अधिकारको लडाइँमा मरिमेटेर लागेकी छिन् र अगाडी बढ्दैछिन् । उनले गत बर्ष साउदी अरेबियाकै पहिलो लैंगिक सम्मिलित साइकल समुदाय र व्यवसाय, छलफल केन्द्र स्थापना गरिन् र अहिले राष्ट्रकै एकमात्र साइकल पसलसँगै महिलाका लागी क्याफे र कार्यशाला चलाउँछिन् ।

जसरी साउदीमा महिलाले साइकल चलाउनु संस्कृति बिपरीत छ, लुहाइद म “आफै गर्नेछु” भन्ने साहसलाई अंगाल्ने कामका लागी लामो समय देखि परिचीत छिन् । स्नातकपछि उनी बाइक पसलमा काम गर्न चाहिन् । तर, कसैले पनि काम दिएनन् । त्यसैले गत बर्ष दाजुसँग साइकल यात्रामा चीन गइन् । स्वतन्त्र रुपमा साइकल चलाउने सोचकासाथ रियाद फर्किइन् । तर, बाटोमा अबरोध भयो । साइकलको चेनमा डोरीले बाधिएको थियो ।

“तर सबैभन्दा चुनौतीको बिषय योे थिएन”, उनले भनिन्,–“यो त सांस्कृतिक अबरोध थियो ।” मानिसहरू बारम्बार तिनीहरूको झ्यालमा आउथे र खिसी गरेर चिच्याउथे र पुलिसहरूले नियमित उनलाई रोक्थे । ‘‘गएको हप्ता म रोकिए किनभने कसैले मैले गैर कानुनी काम गरेको भनेर उजुरी ग¥यो ।” उनी हाँसिन् ।

‘‘जब मैले साइकल चलाउन सुरु गरें, मेरो मिल्ने साथीले भन्योः बराह यदी हामीले तिमीलाई देख्यौ भने हामी तिम्रो फोटो खिच्छौ र स्न्यापच्याटमा हाल्नेछौ, र हामी हाँस्नेछौ । तिमी एउटा केटी हौ, तिमीले यस्तो गर्ने होइन, उनले भनिन् । र उनका दिदी र दाजु बाहेक साउदीका धेरै कम पुरुष महिलावादी मध्य एक हुन् । उनको परिवार सावधान भएको छ ।

“मेरा अविभावकको मानसिकता फरक छ र उहाँहरू धेरै रुढिबादी परिवारले कस्तो प्रतिक्रिया गर्लान् भनेर चिन्तित हुनुहुन्छ ।” उनले भनिन् । उनको सपना सबै साउदी महिलाहरूले स्वतन्त्र रुपमा साइकल चलाउन पाउन् भन्ने छ । तर, उनले सावधान भएर पाइला चाल्नुपर्छ । उनले भनिन्–‘मौलिक रुपमा मैले रिस र नकारात्मक रुपमा बिरोधको सामना गरे । केहि महिलाहरू डराएकी, उनले तिनीहरूका छोरीहरूलाई बिगार्ने छिन् । यो सबका बाबजुद उनले उदाहरणीय रुपमा अगाडि बढने निर्णय गरिन् र मानिसहरूले उनलाई बिश्वास गरे ।

सर्मथनलाई आकर्षित पार्न स्पोकस हबले “महिलाको लागि” भनेर वर्णन गर्दैन, र उनको दाई/भाइले प्रायः व्यवसायिको प्रतिनिधित्व गरेको हुन्छ । “खेल व्यवसायको सिईयो महिला सुनेपछि लगानिकर्ताहरू खितखितताउ छ ।” उनले सुइ म्याकसको वइलस अफ चेनज (Wheels of Change) भन्ने किताब पढेकि छिन्, जसमा साइक्लिङले महिला अधिकारको आन्दोलनमा ठुलो भूमिका खेलेको छ ।

भर्खरै स्पोकस हबले सुरुवात गरेकोमा किङडम–वाइड (kingdom-wide) उपाधि जितेका छन् र राजकुमारी रिमा, उप राष्ट्रपति, साउदी अरब महिला खेलकुद प्राधिकरणले सार्वजनिक रुपमा परियोजनालाई समर्थन गरे ।

लुहाइदले भनिन्–“मैले मौलिक रुपमा सोचेको भन्दा केहि ठुलो कुरा बिरुद्व उभिरहेकी छु” । “जब मैले महिलाहरूको साइक्लिङको पक्षमा वकालत गर्छु, मैले महिलाहरूको स्वतन्त्रताको लागि वकालत गरेकी हुँ । जरै देखि गाडिएको विश्वासलाई परिर्वतन गर्न बिस्तारै र लगातार काम गर्नुपर्छ । “यो चुनौतीपूर्ण छ तर, कसैले शुरुवात गर्नुपर्छ ।

साभार:बिबिसी

http://www.bbc.com/news/world-asia-india-41466751

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: