सिन्धुपाल्चोक एमाले र माओवादीबाट एक एक जनामात्रै महिला उम्मेदवार सिफारिस


प्रकाशित मिति :2017-10-06 12:04:37

अमृता नेपाल      डोल्मा तामाङ

महिला खबर
सिन्धुपाल्चोक । नेकपा एमाले र मादोवादी केन्द्रले प्रदेशसभा र प्रतिनिधीसभामा चुनावी तालमेल देखि वाम एकताको घोषणा गरे पनि सिन्धुपाल्चोकमा दुवै पार्टीले आ–आफ्नो तर्फका उम्मेद्वार माथिल्लो कमिटीमा सिफारिस गरेका छन् । प्रतिनिधीसभा क्षेत्र दुई र प्रदेशसभा चार रहेको जिल्लामा ६ जना उम्मेदवार रहने छन् । छ जना उम्मेदवार रहने जिल्लामा माओवादी केन्द्रले १५ र एमालेले ११ जनाको नाम माथिल्लो कमिटीमा पठएको हो । जसमा नेकपा एमाले र माओवादी केन्द्र सिन्धुपाल्चोकले एक एक जना महिला उम्मेदवारको नाममात्रै सिफारिस गरेको छ ।

एमालेले प्रतिनिधि सभा २ अन्तरगत प्रदेश सभा २ बाट पुर्व सांसद डोल्मा तामाङसहित पाँच जना पुरुषको नाम सिफारिस गरेको छ ।

यस्तै माओवादी केन्द्रले जिल्लाका प्रदेश तथा प्रतिनिधिसभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नामावली माथिल्लो कमिटीमा पठाएको छ । प्रतिनिधी सभामा २ र प्रदेश सभामा चार जना उम्मेदवार रहने जिल्लामा माओवादी केन्द्रले १५ जना आकांङ्क्षीको नाम माथिल्लो कमिटिमा पठाएको हो । केन्द्रले सिफारिस गरेको १५ मध्ये १ जना मात्र महिला उम्मेद्वार रहेको पाईको छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभाको क्षेत्र नं. १ को प्रदेश सभा २ मा माओवादी उम्मेदवारका रुपमा अमृता नेपालको नाम सिफारिस गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: