–महिला खबर–
विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ की १४ बर्षीया एक दलित बालिकालाई कालोमोसो दलेर दुव्र्यवहार गरिएको घटना बाहिर आएको छ ।
बेलबारी–२ देबीथानडाँडाकी दलित बालिकालाई हिजो बिहीबार पैंसा चोरेको आरोपमा छिमेकीले कालो मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाउदै गर्दा प्रहरी टोलीले बालिकाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालकानुसार घटनामा संलग्न स्थानीय ४५ बर्षीया दुर्गा चौधरी र ५० बर्षीय कुलदिप कुँवर दनुवारलाई गिरफ्तार गरिएको छ । प्रहरीले उनीहरूलाई बालिकालाई गाउँ घुमाउदै गर्दा गिरफ्तार गरेको हो ।
प्रहरी निरीक्षक कटुवालले गिरफ्तार गरिएका चौधरी र कुँवरलाई सार्वजनिक अपराधअन्तरगत मुद्धा चलाइएको जानकारी दिनुभयो । उहाँले घटनाको थप अनुसन्धान भइरहेको पनि बताउनुभयो ।
बालिकामाथि चोरीको आरोपमा भएको घटनाका दोषीहरुले उन्मूक्ति नपाउने प्रहरीको भनाई छ ।
कमजोर आर्थिक अवस्थाकी बालिकाकी आमाले छोरीमाथि भएको घटनामा संलग्नहरूलाई कुनै पनि हालतमा माफि नदिने बताउनुभयो । उहाँले छोरीको न्यायको लागि सहयोग गरिदिन आग्रह समेत गर्नुभएको छ ।
Comment Here!