जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ


प्रकाशित मिति :2017-10-06 15:23:42

–महिला खबर–

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्दै आएका २७ वर्षीय गजेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको हो । भीमदत्त नगरपालिका १८ की ३८ वर्षीय सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महिलालाई जबरजस्ती गर्न खोजेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

विष्टलाई पक्राउ गरि जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: