कराचीमा भइरहेको चक्कु आक्रमणमा थप पाँच महिला घाईते, प्रहरीको खोजी जारी


प्रकाशित मिति :2017-10-06 15:32:02

कराचीका महिला माथि भइरहेको चक्कु आक्रमणका घटना अझैं पनि सुल्झिन सकेको छैन । जसका कारण आक्रमणकारीले सहरका अन्य ठाउँमा, थप पाँच महिला माथि फेरी हमला गरेका छन् ।

आक्रमणकारी अहिलेसम्म पनि नसमातिएकोले प्रहरीले अझै पनि घटनाको मूख्य कारण पत्ता लगाउन सकेको छैन ।

राजधानीका अरु ठाउँमा पनि हमला बढाउँदै आक्रमणकारीले हिजो बुधबार केहि घण्टाभित्रै पाँच महिला माथि फेरी हमला गरेका छन् । यी आक्रमणहरु गुल्शन–ए–जमाल, रशीद मिन्हास रोड र एन आई पी ए चाउरान्गीमा, संघीय उर्दू विश्वविद्यालयको अगाडी भएका थिए । एजेन्सीको अनुसार, सबै हमलाहरु एउटै आक्रमणकारीले गरेका हुन् ।

सीसीटिभी फुटेज राम्ररी हेरेपछि प्रहरीले आक्रमणकारी मोटरसाईकलमा हेल्मेट लगाएर आएको र ब्लेड, चक्कु जस्ता धारिलो चिजले महिला माथि आक्रमण गरेको जनाएको छ । प्रहरीले गरेको जाँच अनुसार, आक्रमणकारी २० देखी २९ वर्षको, दुब्लो व्यक्ति रहेको छ ।

मिडियासंग कुरा गर्दै गुल्शन–ए–इकबालका एक स्थानीयबासीले आफ्नी छोरी पार्कबाट फर्किरहेका बेला उनीमाथि चक्कु घोपेर हमला गरिएको बताए ।

सिन्धी सरकारले आक्रमणकारीको बारेमा खबर ल्याउने मान्छेलाई, रु. ०.५ मिलियन पुरस्कार दिने घोषणा गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: