प्रमुख दलले प्रत्यक्ष उम्मेदवार बनाउन सिफारिस गरेका महिलाहरु (हेर्नुहोस् नामसहित)
महिला खबर
काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलहरुले प्रत्यक्षतर्फ आकांक्षी महिलाहरुको नाम सिफारिस गरेका छन् ।
प्रत्यक्षतर्फ महिला आकांक्षी देखिएपछि कांग्रेस, एमालेले र माओवादी केन्द्रले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सिफारिस गरेका हुन् ।
नेपाली कांग्रेस तेह्रथुमले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई संघको प्रत्यक्षतर्फको उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
पाँचथर कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ सूर्यकुमारी नेम्वाङ र गंगा चेम्जोङको नाम सिफारिस गरेको छ ।
त्यसैगरी एमाले तेह्रथुमले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ विष्णुमाया विक, क्षेत्र नं २ बाट लक्ष्मी कार्की, प्रदेशसभा क्षेत्र नं २ मा सिर्जना लामाको नाम सिफारिस गरेको छ ।
नेकपा एमाले अछामले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ चार जना महिलाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभाका लागि क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ तारा कडायतको नाम सिफारिसमा परेको छ । प्रदेशसभामा लक्ष्मी उपाध्याय (भट्टराई), निर्मलाकुमारी साउद र गौमती शाहीलाई सिफारिस गरेको ।
एमाले बैतडीले क्षेत्र नं २ बाट प्रदेश सभाका लागि सुशीला सिहंको नाम सिफारिस गरिएको छ ।
एमाले जिल्ला कमिटी ओखलढुंगाले संघीय प्रतिनिधिसभा र प्रदेशसभाका लागी प्रत्यक्षतर्पm एक जना महिलाको नाम मात्र सिफारिस गरेको छ ।
ओखलढुंगाको निर्वाचन क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फ अनेरास्ववियु विदेश विभाग सदस्य अनिता गिरीको नाम सिफारिस गरेको हो ।
त्यस्तै एमाले कास्कीले चार जना महिलाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । कास्की क्षेत्र न ३ बाट प्रतिनिधि सभाको लागि उमा कोइरालाको नाम सिफारिस भएको छ । कास्की क्षेत्र नं १ ‘क’ बाट प्रदेश सभाको लागि सरिता कुमाललाई एमालेले केन्द्रमा सिफारिस गरेको छ ।
प्रदेश सभा कास्की क्षेत्र न ३ ‘क’ बाट सरस्वती अधिकारीको नाम सिफारिस भएको छ भने क्षेत्र न ३ ‘ख’ बाट देबका पहारीको नाम सिफरिस भएको छ ।
त्यसैगरी माओवादी केन्द तेह्रथुमले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्र नं २ मा पोलिटब्यूरो सदस्य सुशीला कन्दङ्वाको नाम सिफारिस गरेको छ ।
Comment Here!