किसान महिलाको चिन्ताः बालीमा किरा लाग्यो, छाक कसरी टार्ने ?


प्रकाशित मिति :2017-10-06 17:13:49

–सर्मिला बुढाथोकी–

दोलखा :- पसाउने बेलाको धान र कोदोमा किरा लाग्न थालेपछि दोलखा तामाकोसी गाउँपालिका भीरकोटका किसान महिला चिन्तित भएका छन् ।

भीरकोटकी देवी पाण्डे बली भित्र्याउने बेलामा धान गुवाबाट मर्न थालेपछि धान कसरी जोगाउने ? भन्ने चिन्तामा परेको बताउँछिन् । भन्छिन्, ‘राम्रो भए २० मुरी जति धान फल्थ्यो होला, औषधी ल्याएर हाल्दा पनि धान मर्न थाल्यो । कसरी जोगाउने हो ? थाहा छैन ।’ भुकम्पले खेत चिरा–चिरा पारेपछि खेतमा पानी न अडिने समस्या त छँदै थियो, त्यसैमाथि यसपालि धाननै मर्न थालेपछि छाक अब कसरी टार्ने ? भन्ने चिन्ताले सताएको उनले बताइन् ।

राधिका काफ्ले पनि बाला लागेको कोदो कुहिएर पहेलो हुन लागेपछि निराश भएकी छिन् । ‘सकी नसकी वरीपरी ५ मुरी जति फल्ने कोदो रोपेकी थिएँ ।’ उनले भनिन्, ‘यसपालि त कोदो रोप्यौ मात्रै, टिप्नै नपाइने भयो ।’ रोपेको कोदो सबै कुहिएर झरेको राधिकाले दुखेसो पोखिन् ।

नानु बुढाथोकीको समस्या पनि उस्तै छ । आफुले लगाएको बालीमा किरा लाग्ने, गुवा मर्ने, बोट पहेलो भएर आउने समस्या आएको उनले बताइन् । बोट विरुवा बारे ज्ञान भएका छिमेकीसँग के गर्ने ? भन्ने सल्लाह त लिएको हो । तर, सबैको समस्या देखेपछि यस्तै होला ! भनेर रोकथामको उपाय नअपनाएको बुढाथोकीको भनाई छ ।

जिल्ला कृषि विकास कार्यालय दोलखालाई समस्या बारे जानकारी भएपनि कृषकहरुलाई सुझाब दिने बाहेक अरु सहयोग गर्न सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनपछि यो आर्थिक बर्षबाट विषादी लगायतका औषधी तथा अन्य सामग्री सहयोग गर्न कार्यालयमा बजेट नआउने भएकोले सल्लाहमात्र दिन सकिएको कार्यालयका बाली संरक्षण अधिकृत सुधिर पौडेलले महिलाखबरलाई बताए ।

यो बर्ष पानी धेर परेको र गर्मी पनि बढी भएकोले बोट बिरुवामा लाग्ने किरा फस्टाएको पौडेलले बताए ।

कृषकले धान या कोदोमा बाला लाग्नु अगावै विषादी हालेको खण्डमा समस्या समाधान हुन सक्ने । तर, बाला लागिसकेको अवस्थामा भने समाधान नहुने उनको भनाई छ ।

दोलखाको भीरकोट क्षेत्र धान, कोदो बालीको लागि राम्रो ठाउँ भएकोले तत्काल रोगको निदानको लागि समाधान नखोजिए जिल्लाको कृषि उत्पादनमा ह्रास आउने कार्यालयका बाली संरक्षण अधिकृत पौडेलको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: