व्यवसायी पार्वतीः सिपमात्रै होइन, पैसा कमाउने तरिका पनि छ


प्रकाशित मिति :2017-10-07 10:00:39

–सर्मिला बुढाथोकी–

दोलखा। मेहनत, लगनशिलता र इच्छा शक्ति भयो भने व्यवसाय गर्न पैसाकै कारणले रोकिनु पर्दैन भन्ने उदाहरण हुन्–दोलखा मेलुङ गाँउपालिकाकी पार्वती खड्का । पाँच सय भन्दा कम पुँजीबाट घरेलु व्यवसाय सुरु गरेकी पार्वतीको व्यवसायीक सम्पत्ति अहिले १० लाखको भएकोे छ ।

पार्वतीले २२ बर्ष अघि कुरुस चलाउन सिकेर बेडसिट बनाएकी थिईन् । आर्थिक अभाव भएको बेला पाँच सय रुपैयाँमा बेडसिट बिक्रि गरेपछि पार्वतीलाई घरेलु व्यवसाय गर्न प्रेरित गरेको थियो । ‘श्रीमानको जागिरलेमात्र परिवार पाल्न मुश्किल थियो, आर्थिक अवस्था कमजोर भएको बेला जब बेडसिट बेचेर पाँच सय रुपैया कमाएँ, त्यसैबाट म व्यवसायमा आकर्षित भएँ,’ पार्वतीले भनिन् । उनले घरेलु उद्योग दर्ता गरेर व्यवसाय सुरु गरेको अहिले १४ बर्ष बितिसकेको छ ।

पार्वतीको उद्योगमा उनबाट बनाइएका समानहरु टोपी, स्वीटर, मोजा, पन्जा, फ्रक, मखुलर, घाँगर लगायत हस्तकला सम्बन्धी सामान पनि उत्पादन हुन्छन् । उनबाट बनेका सामान बेचेर जाडो महिनामा मासिक ५०-६० हजार रुपैयाँसम्म आम्दानी हुने पार्वतीको भनाई छ ।
पार्वती घरेलु महासंघ दोलखाको उपाध्यक्ष पनि हुन् । घरेलु तथा साना उद्योग विकास समिति दोलखाबाट लप्सी क्यान्डि बनाउने, महिलाले लगाउने टीका बनाउने तालिम लिएपछि पार्वतीले अरु धेरै महिलालाई समेत तालिम दिएकी छन् । पार्वतीसँग होेजियारीको सामान बनाउने र खाली कपडामा बुट्टा भर्ने सिप पनि छ ।

पार्वतीसँग अनेकखालको सिपमात्र छैन, त्यसको उपयोग गरेर आम्दानी गर्ने तरिका पनि थाहा छ । ‘महिलाहरुको जीविकोपार्जनका लागि सरकारी तथा गैर सरकारी निकायबाट विभिन्न सिपमूलक तालिम दिने गरिन्छ । त्यो तालिममा थुपै्र महिलाहरु सहभागि हुन्छन्, केही सिप पनि सिक्छन् । तर, तालिम सकिएपछि सिपको सदुपयोग भने निक्कै कमलेमात्र गर्छन् ।’ पार्वतीले भनिन्, ‘आफ्नो रुची अनुसारको सिप सिक्ने र त्यसलाई व्यवसायीक रुप दिने हो भने सबै महिला आर्थिक रुपमा सम्पन्न हुनसक्छन् ।’

पार्वतीको सिपको चर्चा अहिले दोलखामामात्र हैन अन्य जिल्लामा समेत हुन थालेको छ । आफ्नो उद्योगमा उत्पादन भएका सामानहरु दोलखाका अलवा काठमाडौं लगायतका ठाउँमा समेत बिक्रि वितरण हुँदै आएको पार्वतीले बताइन् ।

‘आफुसँग सिप र सिपलाई प्रयोगमा ल्याउने इच्छा शक्ति नरहेको भए सामान्य गृहिणी र किसान भएर बस्नुपर्ने थियो,’ पार्वतीले भनिन्, ‘त्यस्तो अवस्थामा पैंसाको लागि श्रीमानको मुख ताकेर बस्नुको विकल्प हुन्नथ्यो ।’ अहिले आफ्नै कमाईले परिवार पाल्न सकेको र आफ्नो उद्योगमा अन्य महिलालाई समेत सिप सिकाउन सकेकोमा निक्कै खुसी छिन् उनी । उनी हरेक महिलालाई उत्पादनमूलक काममा लाग्न सुझाव दिन्छिन् । कमाउन थालेपछि आफ्नो जीवनमा निकै परिवर्तन आएको भन्दै भन्छिन्, ‘पैसा आउने गर्नुस्, घर र समाज सबै ठाउँमा सम्मान मिल्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: