तनहुँमा २० वर्ष नपुग्दै गर्भवती हुने महिलाको संख्या २५ प्रतिशत


प्रकाशित मिति :2017-10-07 10:32:41

–नारायण खड्का–

तनहुँ । कानुनतः २० वर्षअघि विवाह गर्न बन्देज छ । तर, दमौली अस्पतालमा प्रसूति गराउन आउने मध्येमा २५ प्रतिशत महिला २० वर्षमुनिकै रहेको तथ्याङ्कले देखाएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका महिलाहरूको विवाह भने १६ देखि १८ वर्षमा भएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँको अनुमान छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय तथा दमौली अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत गाउँ–गाउँमा सचेतना मुलक कार्यक्रमहरू गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझैं उमेर नपुगी विवाह गर्ने चलन रोकिन नसक्नु जनचेतनाको अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बनेको छ ।

सानो उमेरमा गरिने विवाहले महिलाहरूको स्वास्थ्यमा पनि असर पर्ने हुँदा यस तर्फ सचेत गराउन स्वास्थ्य शिक्षाबारे विद्यालय तहमै बढी जानकारी गराउनुपर्ने दमौली अस्पतालका प्रमुख डा. पवनजंग रायमाझी बताउँछन् ।

दमौली अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्याङ्कमा प्रसूति गराउने मध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख डा. रायमाझी बताउँछन् । रायमाझीले स्वास्थ्यको दृष्टिले चिन्ताजनक विषय भएकाले उनीहरूलाई सम्झाइ बुझाइ पठाउने गरिएको बताए । विशेष गरी जनजाति समुदायका महिलाहरू सानै उमेरमा वैवाहिक जीवनमा बाँधीने र गर्भवती हुने गरेको दमौली अस्पतालले जनाएको छ ।

कम उमेरमा गर्भवती हुँदा स्वास्थ्यमा गम्भीर समस्या समेत पर्ने भनि सचेतना बढाउन महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिने योजना जिल्ला स्वास्थ्य कार्यालयले बनाएको छ । २० देखि ३५ वर्ष उमेरसम्म मात्र गर्भवती हुँदा स्वास्थ्य राम्रो हुने दमौली अस्पालकी नर्सिङ्ग अधिकृत जमुनादेवी शर्मा बताउँछिन् ।

३५ भन्दा माथिको उमेर पनि प्रसूतिका लागि उपयुक्त नहुने र १९ वर्षभन्दा कम र ३५ भन्दा माथिको उमेरमा गभर्वती हुँदा पाठेघर खस्ने, विभिन्न रोगको संक्रमण तथा मृत्युको जोखिम समेत धेरै हुने विषयको जानकारी ग्रामीण तहसम्म पु¥याउन संयन्त्र बनाइएपनि प्रभावकारी हुन नसकेको नर्सिङ्ग अधिकृत शर्माको भनाइ छ ।

जिल्लाका चार नगरपालिका, छ गाउँपालिकामा गरी ४ सय ६६ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरूबाट आमा सुरक्षा कार्यक्रमलाई अगाडि बढाइएको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँकी सुरक्षित मातृशिशु फोकल पर्सन सुक्मेल बरालले जानकारी दिइन् । ग्रामीण तहसम्म मातृशिशु कार्यक्रमलाई सञ्चालन गरेसँगै पछिल्लो समय स्वास्थ्य संस्थामा गर्भ परीक्षण तथा प्रसूति सेवा लिनेको संख्यामा पनि वृद्धि हुँदै गएको फोकल पर्सन बरालको भनाइ छ ।

दमौली अस्पतालमा आर्थिक वर्ष २०७१-०७२ मा करिब ५ सय, आर्थिक वर्ष २०७२-०७३ मा ६ सय र आर्थिक वर्ष २०७३-०७४ मा ८ सय ५० भन्दा बढिले प्रसूति सेवा लिइएको तथ्याङ्क छ । दमौली अस्पतालले करिब ५० प्रतिशत प्रसूति सेवा उपलब्ध गराएको र चितवन र पोखरा क्षेत्रमा पायक पर्ने अधिकांश महिलाहरू त्यहाँका स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

त्यस्तै, कम उमेरका, हिंसाको सिकार भएका गर्भवतीलाई अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत निःशुल्क उपचार गरिने व्यवस्था समेत मिलाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति ऐश्वर भट्टराइले बताए । अस्पतालमा विभिन्न हिंसामा परेका तथा कम उमेरमा गर्भवती भएकाले जटिलता खेपेर आउनेको संख्या वार्षिक ६० जनाको हाराहारी हुने उनले बताए ।

पीडितका लागि अस्पतालले एक मनोसामाजिक परामर्शकर्ता सहित ३ स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । त्यस्तै एकद्वार उपचारका लागि जिल्ला न्यायधिवक्ता, प्रहरीको महिला सेल, महिला विकास कार्यालय र बार एसोसिएसन लगायतका संस्थाबाट अस्पतालमै आएर सेवा दिने व्यवस्था छ । कानुनी उपचार चाहिए जिल्ला न्यायाधिवक्ताले पनि अस्पतालको केन्द्रमै आएर सहयोग गर्नुका साथै प्रहरीले गर्ने अनसुन्धानलाई पनि अस्पतालमै गर्ने व्यवस्था मिलाइएको छ । पीडितले कानुनी, स्वास्थ्य र मनोसामाजिक परामर्श समेत एउटै स्थानबाट पाउने व्यवस्थाले गोप्यता राख्न पनि सकिएको अस्पतालले जनाएको छ ।

२ शैया, मनोसामाजिक परामर्श कक्षसहितको कार्यालय अस्पतालले छुट्याएको छ । अभियानलाई समुदायमा प्रयोग गर्न हरेक विद्यालयमा महिला शिक्षकलाई लैंगिक सम्पर्क व्यक्ति तोकिएको छ । महिला तथा बालबालिका कार्यालयले हरेक गाविस तहमा महिलाहरूकै अगुवाइमा निगरानी समूह पनि बनाई सचेतनाका कार्यक्रमलाई अगाडि बढाएपनि कम उमेरमा विवाह गरी गर्भवती हुने, घरमै प्रसुती हुने जस्ता कार्यमा भने अझै न्यूनिकरण हुन नसक्नु सरोकारवाला निकायलाई चिन्ताको विषय बनेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: