महिलाले स्वास्थ्य सेवा पाए नपाएको अभिलेख अब स्वास्थ्य वर्ष पुस्तकमा


प्रकाशित मिति :2017-10-08 12:06:33

यमुना खनाल

सिरहा । सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क स्वास्थ्य सेवाबाट महिलाहरु बन्चित भए नभएको अभिलेख अब स्वास्थ्य वर्ष पुस्तकमा समावेश गरिनेछ ।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको आमा सुरक्षा कार्यक्रम, निशुल्क स्वास्थ्य सेवा , सुरक्षित गर्भपतन तथा पाठेघर खस्ने समस्याको निःशुल्क उपचार पाए नपाएको अभिलेखीकरण गरेर स्वास्थ्य वर्ष पुस्तकमा समावेश गरी पुस्तक प्रकाशन गर्न रेस्फेक नेपाल सिरहाले आज पत्रकार सम्मेलन गरी बताएको छ ।

रेस्फेकका निलम लुईटेले सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवाहरुबाट महिलाहरु बन्चित भैरहेको र यस्ता सेवामा चिकित्सक वा अस्पतालको लापर्बाहीका कारण धेरै महिलाको ज्यान जान थाले पछि यस्ता घटनाहरुको अभिलेखीकरण गरेर पुस्तक पकाशन गर्न बताउनुभयो ।

प्रभावकारी स्वास्थ्य सेवा नहुँदा स्वास्थ्य सेवा अधिकार हनन भएका घटनाहरु बढेकाले सरकारलाई हरेक ठाँउका वस्तुस्थिति सप्रमाण जानकारी गराउन वर्ष पुस्तक प्रकाशन गर्न लागेको रेस्फेक बताएको छ ।

त्यसंैगरी वर्ष पुस्तकले सबैखाले सेवामा नागरिकको कसरी स्वास्थ्य सेवा अधिकार हनन् भईरहेको छ भन्ने कुराको अभिलेखीकरण गर्न र स्वास्थ्य सेवा ,सुधारका लागि सरकारलाई सुझाव प्रदान गर्ने , स्वास्थ्य नीतिका लागि सहयोगी हुने लुईटेलले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: