रक्सी खान पैसा नदिएपछि छोराले गरे आमाको हत्या


प्रकाशित मिति :2017-10-09 12:52:25

-सर्मिला बुढाथोकी-

दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर–८ मोहरटोल बोचमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । आईतवार दिउसो साढे एक बजेको समयमा दाउराको चिर्पटले हिर्काउदा ७१ बर्षिय खड्गमाया बस्नेतको मृत्यु भएको छ ।

रक्सी खान पैसा नदिएको झोकमा ३५ बर्षिय कुमार बस्नेतले बारीमा घाँस काटिरहेकी ७१ वर्षिय आमा खड्गमायालाई दाउराको चिर्पटले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

बस्नेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: