महिलावादी मन्च कार्यक्रम सिरहामा हुने


प्रकाशित मिति :2017-10-09 14:03:22

-यमुना खनाल-

सिरहा । सिरहामा मानवअधिकारको क्षेत्रमा क्रियाशील संजाल र संघ संस्थाहरूको आयोजनामा महिलावादी मन्च कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम आगामी २०७४ साल पुस २, ३ र ४ गते सिरहाको लहानमा हुने छ ।

हिजो आइतबार ओरेक नेपाल, मुक्ति नेपाल लगायत सिरहाका मानव अधिकारको क्षेत्रमा क्रियाशील संघ संस्थाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो ।

महिलावादी मन्च कार्यक्रममा प्रदेश नं. २ का स्थानीय तहमा जितेका महिला मेयर, उपमेयर, महिला अध्यक्ष, उपाध्यक्षसहित महिला मानव अधिकार रक्षकहरू, मानव अधिकारकर्मी, संचारकर्मी, नागरीक समाज, सरकारी निकायका सरोकारवालाहरू समेत गरि दुई सय जनाको सहभागिता रहनेछ ।

कार्यक्रमको व्यवस्थापन गर्न ओरेक नेपाल लहानमा सचिवालय राखिनेछ । अन्य जिल्लाबाट सदस्य थप गर्ने गरी हाललाई १५ सद्स्यीय आयोजक कमिटी गठन गरिएको छ ।

महिला मानवअधिकार रक्षकहरूको राष्ट्रीय संजालका केन्द्रीय सदस्य श्याम कुमारी साहको संयोजकत्वमा १५ सदस्यीय आयोजक कमिटी गठन भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: