पहिलो नेपाली नर्स डा.उमादेवी दासको निधन


प्रकाशित मिति :2017-10-09 14:16:32

–महिला खबर–

काठमाडौं । पहिलो नेपाली नर्स डा.उमादेवी दासको शनिबार निधन भएको छ ।

नेपालकी पहिलो नर्सका रुपमा ल्हामू अमात्यलाई सरकारले मान्यता दिएपनि नेपालीकी छोरी, नेपालमै जन्मेर नेपालमै नर्स पेसा अंगाल्ने महिलाका रुपमा उनको नाम अगाडि आउने गर्दछ ।

नेपाली नागरिकसँग विवाह गरेर आएकी अमात्यलाई सरकारले केही महिनाअघि मात्रै पहिलो नर्स घोषणा गरेको थियो । त्यसअघि दासलाई नै पहिलो नर्स मानिन्थ्यो ।

दास नेपालमै जन्मीएर नेपालमा नै नर्सिङ पेसामा आवद्ध भएको कारणले उनलाई पहिलो नेपाली नर्सका रुपमा सबैले चिन्ने गरेका छन् ।

नेपाल नर्सिङ एशोसियसन र नर्सिङ काउन्सिलको संस्थापक अध्यक्ष समेत रहेकी डा.दासले वि.स.२००४ सालबाट पद्मकन्या स्कुलमा शिक्षण पेसा अपनाएर सार्वजनिक जीवनको सुरुवात गरेकी थिइन् ।

उनले कोलम्बिया युनिभर्सिटीको टिचर्स कलेज न्युयोर्कबाटै सन् १९८४ मा डक्टर अफ एजुकेसन इन नर्सिङ उपाधि लिइन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा औपचारिक रुपमा नर्सिङ ट्रेनिङ स्कुलको स्थापना गरेपछि त्यसमा पनि उनले सन् १९५७ देखि १९७२ सम्म सिनियर नर्स ट्युटर, सुपरिटेन्डेन्ट र नेश्नल डाइरेक्टर नर्स भएर काम गरिन् ।
स्वर्गीय दासले नेपाल नर्सिङ क्याम्पसमा पहिलो नर्सिङ क्याम्पस प्रमुखका रुपमा सन् १९७२ देखि १९८० सम्म काम गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: