ससेक्स विश्व विद्यालयलाई महिला हिंसा विरुद्ध गम्भीर हुन आव्हन


प्रकाशित मिति :2017-10-09 17:09:34

एक जना हिंसा पीडित बेलायती महिलाले ससेक्स विश्व विद्यालयलाई महिलामाथि हुने हिंसा विरुद्ध गम्भीर हुन आव्हन गरेकी छिन् ।

सन् २०१५ को  सेप्टेम्बर महिनामा २४ वर्षीया एलिसन स्मिथलाई उनका लेक्चरर् पार्टनर (साथी) डा लि साल्टरले मुक्का हानेका थिए । त्यसपछि पनि उनी १० महिनासम्म निरन्तर ससेक्स विश्व विद्यालयमा पढाउन आए ।

उनलाई सन् २०१६ को जुनपछि मात्र निलम्बन गरियो र २२ हप्ता जेल चलान गरियो । उनलाई पछि पदबाट निकालियो । विश्वविद्यालयले कर्मचारी नियुक्ति सम्बन्धी प्रक्रिया र नियमावलीको पुनरावलोकन गर्ने भएको छ ।

डा साल्टरसँग प्रेम सम्वन्धमा रहेकी स्मिथले भनिन्, ‘उसले मलाई मुक्का हानेर बाहिर फालिदियो । अनि मेरो मुखमा नुनको भाँडाले हान्यो । म उठ्न सकिनँ । उसले मलाई बेस्सरी थिच्यो र मेरो तीघ्रामा हान्यो ।’
स्मिथले विश्वविद्यालयसँग साल्टरलाई किन काममा राखिराखेको ? भन्दै स्पष्टिकरण मागिन् ।

विश्व विद्यालयले भने अनुसार कारवाही चलिरहेको बेलामा साल्टरले संचार सम्बन्धी कक्षा संचालन गरेतापनि गत वर्षको अगष्ट महिनाबाट निष्कासित भइसकेको दाबी गरेको छ ।

एक विज्ञप्तिमा विश्व विद्यालयले भनेको छ, ‘फौजदारी मुद्दाका घटनाहरुमा प्रहरी र अदालतले नै प्रक्रिया चलाउनुपर्छ । यस्तो अवस्थामा आन्तरिक रोजगारी र नियुक्ति सम्बन्धी प्रकियाभन्दा पनि कानुनी प्रक्रिया महत्वपूर्ण हुन्छ ।’

विश्व विद्यालयका अनुसार कुनै प्रकारको हिंसालाई स्वीकार गरिने छैन र विश्व विद्यालयका नियम र प्रक्रियालाई फेरि सुधारकोलागि अवलोकन गरिने छ ।

ससेक्सका भर्खरै नियुतm हुन लागेका उपकुलपति एडम टिक्कलले ट्विट गरे अनुसार उनले ‘समानताका लागि’ काम गर्नेछन् ।

साल्टरले आफूुले गरेका गल्तीहरु स्वीकारेको पाइयो ।

घटनापछि उनलाई स्मिथसँग सम्पर्कमा नरहन आदेश दिइयो । उनलाई २७६५ पाउण्डको (करीब तीन लाख असी हजार नेपाली रुपियाँ) जरिवाना तिर्न र १५० घण्टाको बेतलबी काम गर्न समेत लगाइएको छ ।
साभारः बीबीसीबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: