दलित बालिकालाई कालोमोसो दल्ने विरुद्ध सार्वजनिक मुद्धा दर्ता


प्रकाशित मिति :2017-10-10 09:45:49

–महिला खबर–
सुनसरी । मोरङको बेलबारी २ की १४ बर्षीया एक दलित वालिकालाई कालोमोसो दलेर दुव्र्यवहार गर्दै गाउँ घुमाएको आरोपमा सात जना विरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरिएको छ ।

सात सय रुपियाँ चोरीको आरोपमा अस्ति विहीबार कालोमोसो र जुत्ताको माला लगाएर बालिकालाई गाउँ घुमाउने बिरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

रुपैयाँ चारेको आरोपमा बालिकालाई गाउँ घुमाउदै गर्दा घटनास्थलबाटै तीन जना पक्राउ परेका थिए । त्यसको भोलिपल्ट प्रहरीले थप चार जनालाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालका अनुसार दुर्गा चौधरी, कुलदिप दनुवार, अनिता दनुवार, दुर्गा चौधरी, गोविन्द मगर, हर्कमाया थापा मगर, मनकुमारी तामाग र वीरजंग परियार माथि सार्वजनिक अपराधको मुद्धा चलाइएको हो ।

बालिकालाई कालोमोसो दलेर कुटपिट गर्दै गाउँ घुमाउदै गर्दा बालिकालाई बेलवारी प्रहरीले उद्धार गरेको थियो । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि आइतवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर स्वास्थ्य परीक्षण गरिएको स्थानीय पत्रकार नरेन्द्र बस्नेतले महिलाखबरलाई जानकारी दिए । अहिले अहिले घरमै रहेकी बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।

के हुन्छ सार्वजनिक अपराध ?

सार्वजनिक अपराधको मुद्धामा पक्राउ परेका ब्यक्तिहरुलाई २५ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न सक्छ । अनुसन्धानका क्रममा घटना स्थलको प्रकृति मुचुल्का सर्जिमिन लगायत गरिन्छ । अनुसन्धान गरेर अभियोग पत्र तयार गरि जिल्ला प्रशासन कार्यालयमा पेस गरिन्छ । प्रहरीले गरेको अनुसन्धान पछि तयार पारेको अभियोग पत्रका आधारमा प्रमुख जिल्ला अधिकारीले थुन्न प्रयाप्त आधार देखिए थुनामा राख्ने आदेश दिन सक्छन् । अपराधको प्रकृति हेरेर जघन्य अपराध भए मुद्धाको फैसला हुँदा ठहरे बमोजिम हुने गरि थुनामा राख्ने आदेश हुनसक्छ । सामान्य धरौटीलिएर तारेखमा छाड्न र सादा तारेखमा पनि छाड्न सक्ने आदेश हुन सक्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: