गर्भवती महिलालाई मुस्कानसहितको सेवा दिन राष्ट्रपतीको आग्रह


प्रकाशित मिति :2017-10-11 11:16:17

–महिला खबर–

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको प्रजनन स्वास्थ्य सुधार र लैंगिक समानता एवम् महिला विरुद्धको हिंसा अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने बताएकी छिन् ।

धुलिखेलमा मंगलबारबाट सुरु भएको स्त्रीरोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले महिलामाथि हुने शारीरिक एवम् मानसिक हिंसा, असुरक्षित गर्भपतन, स्वस्थ्य सेवा, आर्थिक अभावकै कारण महिलाहरुले अकालमै ज्यान गुमाउन बाध्य भएका भन्दै दुःख व्यक्त गरिन् । भण्डारीले विशेषज्ञ तथा चिकित्सकलाई प्रजननको समय गर्भवती महिलालाई मुस्कानसहितको स्वस्थ्य सेवा दिन समेत आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले अझैंपनि ग्रामीण क्षेत्रका महिलाले आधारभूत स्वास्थ्य सेवा नपाउनु र उनीहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध नहुनु दुःखको विषय भएको बताइन् ।

जर्मनी– नेपाल सोसाइटी अफ अब्सट्रिसियन एण्ड गाइनोक्लोजिष्ट र धुलिखेल अस्पतालको संयुक्त आयोजनामा भएको तीनदिने सम्मेलनमा १० देशका स्त्रीरोग विशेषज्ञसहित फिजियोथेरापिष्टहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा महिलाको आङ खस्ने, पिसाब चुहिने, गर्भवतीको समयमा हुने समस्या लगायत महिलाको स्वास्थ्यबारे अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान गरिने कार्यक्रम रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: