पाँचथरकी एक्ली महिला वडाध्यक्षको कामसँग जेष्ठ नागरिक मख्ख


प्रकाशित मिति :2017-10-11 17:21:59

-महिला खबर-

पाँचथर । सामाजिक सुरक्षाभत्ता घरघरमै पाउन थालेपछि जिल्लाको फिदिम नगरपालिका वडा नम्बर–१० चिलिङदेनकी जेष्ठ नागरिक लक्ष्मी बुढाथोकी मक्ख छिन् ।

यो भन्दा पहिले सामाजिक सुरक्षा भत्ता लिनकै लागि उनी ८ सय रुपैँया बस भाडा तिरेर सदरमुकाम फिदिम पुग्थीन् । तर घरमै वडा अध्यक्षले नै सामाजिक सुरक्षा भत्ता बाँड्न थालेपछि उनी खुसी भएकी हुन् ।

उनले भनिन्– ‘हामी धेरै खुसी छाैँ । सामाजिक सुरक्षा भत्ता लिनकै लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छ ।’ पैसा, समय र उमेरले साथ नदिदा नदिदै पनि भत्ता लिनकै लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेपछि आफूहरु खुसी भएको उनले बताइन् ।

उनी जस्तै सोही ठाउँका अर्का जेष्ठ नागरिक शर्ण मगरान्ती पनि वडाध्यक्ष सहितको टोली नै घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न आएपछि खुसी छन् । निर्वाचित जनप्रतिनीधिहरु साँच्चिकै जनताको सेवक भएको उनले बताए ।

जिल्लाकै एक्ली महिला वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदलोमै पुगेर बाँड्न थालेपछि जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरु खुसी भएका हुन् । चुनाव प्रचार प्रसारको क्रममा जनतासँग व्यक्त गरेका बाँचा पुरा गर्न आफू लागि परेको उनले बताइन् ।

उनले भनिन्– ‘नगरपालिकाकाले सामाजिक सुरक्षा भत्ता बैँकिङ प्रणालीबाट वितरण गर्ने नीति लिएको थियो तर चुनाव अभियानको क्रममा जनतासँग राखेका बाँचा पुरा गर्न मैले घरघरमै सामाजिक सुरक्षाभत्ता बाँडे । प्रतिवद्धता त पुरा गर्नै प¥यो । गरिनँ भने जनताले के भन्छन् ?’

सो वडामा सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरु व्यक्ति २ सय ९० जना छन् । चालु आर्थिक वर्ष २०७४-०७५ मा सो वडामा सामाजिक सुरक्षा भत्ताका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पाँच वर्षसम्म वडाका सामाजिक सुरक्षा प्राप्त गर्नेहरुको घरदैलोमा पुगेर भत्ता वितरण गर्ने वडाध्यक्ष थाम्सुहाङको प्रतिवद्धता छ ।

साविकको याङ्नाम गाउँ विकास समितिको वडा नं. १ देखि ५ नं. वडासम्मका वडाहरुलाई मिलाएर फिदिम नगरपालिकाको १० न. वडा बनाइएको हो ।

गत १४ असारमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार मणि थाम्सुहाङलाई झिनो मतान्तरले पराजित गर्दै वडाध्यक्षमा थाम्सुहाङ विजयी भएकी थिइन् । जिल्लाको ८ स्थानीय तहको ६० वडामा उनी मात्रै एक्ली महिला वडाध्यक्ष हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: