कैलालीमा तिन वर्षमा एक सय ७ बालिका हराए, ३२ फेला पर्न बाँकी


प्रकाशित मिति :2017-10-13 10:38:06

काठमाडौं । कैलाली जिल्लामा तिन वर्षको अवधीमा हराएका एक सय ७ बालिका मध्ये ३२ जना अझैँ फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार प्रहरीले हराएका बालिकाहरुको खोजी कार्य जारी राखेका भएपनि फेला पार्न नसकेको बताएको छ ।

जिल्ला प्रहरीकानुसार आर्थिक वर्ष २०७२\०७३ मा ४४ जना बालिका हराएकोमा अझै ६ जना बालिका फेला पर्न सकेका छैनन् ।

त्यस्तै, आर्थिक वर्ष २०७३\०७४ मा ५५ जना बालिका हराएका थिए । तीमध्ये २१ जना बालिका अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डिएसपी वीरबहादुर बुढामगरले बताए ।

चालू आर्थिक वर्ष २०७४\०७५ को पहिलो तिन महिनामा मात्रै आठ जना बालिका हराएका छन् । तीमध्ये तिन जना मात्र फेला परेको प्रवक्ता बुढामगरले बताए ।

हराएका मध्ये ४९ बालक पनि बेपत्ता

त्यस्तै, २०७२\०७३ मा ५१ जना बालक बेपत्ता भएकोमा ३५ जना मात्र फेला परेका थिए ।

आर्थिक वर्ष २०७३\०७४ मा हराएका ७० जना बालकमध्ये ४५ जना मात्र फेला परेका थिए ।

चालू आर्थिक वर्षको भदौ महिनासम्म २० जना बालक हराएकोमा १२ जना मात्र फेला परेका डिएसपी बुढामगरले बताए ।

उनले बालिकाहरूलाई उद्धार गरेर ल्याउदा समेत समाजमा पुनस्र्थापना गर्न समस्या हुने गरेको बताए । कतिपय बालिका प्रेम विवाहमा फस्दा परिवारले हराएको भन्दै प्रहरीमा उजुरी दिने गरेका कारण पनि बालिका हराएका घटनाको तथ्यांक बढ्ने गरेको उनले बताए ।

त्यस्तै, अभिभावकहरूले बालबालिका हराउँदा प्रहरीलाई जानकारी दिने, तर फेला परेपछि खबर नगर्ने भएकाले पनि वेपत्ताको तथ्यांकमा कमी नआएको हुनसक्ने उनको भनाई छ ।

समाजमा पुनस्र्थापना हुननसकेका बालिकाहरूलाई प्रहरी पुनस्र्थापना केन्द्र तथा विभिन्न संघसंस्थाद्वारा सञ्चालित केन्द्रमा राख्ने गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: