उम्कन पाएनन् बालिका बलात्कारका आरोपी


प्रकाशित मिति :2017-10-13 11:24:42

–महिला खबर–

काठमाडौं । बालिका बलात्कारको आरोपमा प्रहरीले एक बृद्घलाई पक्राउ गरेको छ । १० वर्षीय बालिका बलात्कारको आरोपमा गोरखा भिमसेन गाउँपालिका –६ झिँगटेका ८५ वर्षीय नुरमहमद मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई मियाँले असोज २५ गते बलात्कार गरेको भन्दै बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका थिए ।

मियाँलाई हिरासतमा राखि अनुसन्धानका प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २६ गते जिल्ला अस्पताल गोरखामा भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

७ महिनापछि पक्राउ

१५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले इलाम फाकफोकथुम गाउँपालिका–२ का २१ वर्षीय डकेन्द्र थापालाई ७ महिनापछि प्रक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार थापाले ०७३ फागुन २७ गते बालिकालाई बलात्कार गरी फरार थिए । बालिका बलात्कृत भएपछि पीडितका आफन्तले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

थापालाई जिल्ला प्रहरी कार्यालयले बलात्कार भएको ७ महिना अर्थात असोज २५ गते पक्राउ गरी २६ गते जिल्ला अदालमा बुझाएको बताएको छ ।
घटना लगतै फरार भएका थापालाई झापा प्रहरीको सहयोगमा झापाको राजगढबाट असोज २५ गते बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन थापाले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

उता सुस्त मनस्थिति भएकी १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा जाजरकोट प्रहरीले छेडागाड नपा–१० का ६४ वर्षीय मोती पुनलाई पक्राउ गरेको छ ।

बालिकालाई पुनले असोज २२ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा असोज २३ गते उजुरी दिएका थिए ।पीडित परिवारको उजुरीको आधारमा असोज २५ गते पुनलाई प्रहरीले पक्राउ गरेको जाजरकोट प्रहरीले बताएको जानकारी दिएको छ ।

जिल्ला अस्पताल खलङ्गामा असोज २३ गते बालिकाको स्वास्थ्य परीक्षण गरिएकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।a

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: