अभावले निम्त्याएको एकल महिलाको पीडा


प्रकाशित मिति :2017-10-13 14:40:05

–विदुर आचार्य–

सिन्धुपाल्चोक । थोत्रा जस्ताले छाएको छानो । वरिपरि पुरै खुल्ला । कतै–कतै थोत्रा प्लाष्टिकले टहरो बार्न खोजिए जस्तो पनि देखिन्छ । टहरोमा खाद्यान्न छैन । ओढ्ने ओछ्याउने छैन । च्योज्योडाडामा परेको सेताम्मै हिउाको चिसो हावा टहरामा सिधै ठोक्किएको जस्तो । बच्चा र बृद्धा चिसोले निलोनिलो देखिएका छन् । टहरो पनि अरु कसैको रहेछ । सहाराविहीन भएपछि यो परिवार बेनामे टहरोमा बसेका रहेछन् ।

यो विपत्ति घरबारविहीन एकल महिला चौतारा साागाचोकगढी नगरपालिका इर्खुकी मन्दीरा कार्कीको हो । भूकम्पअघि कार्की परिवार छिमेकको घरमा भाडामा बस्थे । भूकम्पले गाउाघर जम्मै ढलेपछि उनका लागि बस्ने बास कतै भएन ।

लामो समय नांगो चउरमा बसिन् । भूकम्पपछि गाउँमा विभिन्न निकायबाट सहयोग आयो । तर, उनका लागि कसैले सहयोग गरेनन् । घरबारविहीन भएर पनि होला उनका लागि सहयोग जुटेन ।

रोजगारीका लागि कतार पुगेका श्रीमान ईश्वरीबहादुर कार्कीको स्वदेश फर्केलगत्तै मृत्यु भयो । विदेश छादै बिरामी परेका कार्की काम छोडेर घर फर्केका थिए । बिमारले थलिएका कार्कीलाई उपचारका लागि राजधानीका विभिन्न अस्पताल पुर्‍याइयो । तर, उनी बचाउान सकिएन । धन कमाउन विदेशिएका आफ्ना पति रोगी बनेर फर्किएपछि ऋण काडेर उपचार गराएको दु:ख सम्झँदै ३६ वर्षीया मन्दीराले पीडाका बेदना यसरी कहिन् ।
७० हजार ऋण निकालेर कतार गएका उनका पति काममा संलग्न भएलगत्तै बिरामी भएका भए । चार महिनापछि घर फर्कादा साहुले ७० हजार ऋणको सात लाख पुगेको झुटो विवरण देखाए । थाहा पाएपछि पतिलाई बिमारमाथि थप तनाव सुरु भयो । साहुको ऋण तिर्न नसकेपछि घरबारी लिलाम भयो ।

भूकम्पअघिदेखि नै उनको परिवार घरवारविहीन थियो । पतिले लिएको ऋण तिर्दातिर्दै घरबारी सिद्धियो । दिनरात मजदुरी गरेर साहु मनाउदै आएपनि अझै आधि ऋण तिर्न बााकी छ । ऋणको भार बोक्नुको पीडाले उनको शिथिल मन ठेगानमा छैन ।

‘पतिको मृत्युपछि नाबालक दुई छोराछोरी र बृद्ध सासूको कन्तबिजोग भएको छ । विदेश जाँदा र बिरामी पर्दा लागेको ऋणले घरबास उखेल्यो ।’ उनले भनिन्, ‘दिनभरि मजदुरी गर्छु । रातभर ऋण सम्झेर पागलजस्तै बन्ने गरेको छु ।’ आफ्नो नाजुक शारीरिक र मानसिक अवस्था देखेर छोराछोरीको बालमस्तिष्कमा नराम्रो असर परेको उनले दु:खेसो गरिन् ।

युवा उमेरमै पति गुमाउनुको असह्य पीडा बोकेर बाँचिरहेकी कार्कीको दु:खप्रति साथ दिने कोही छैनन् । उल्टै समाजमा उनको कुरा काटिन्छ । खानालाउनको अभाव त छँदैछ, बस्ने बास नहुँदा उनलाई आजकाल थप दु:ख थुप्रिएको छ । भूकम्पपछि अरुकै जग्गामा बस्दै आएकी कार्कीलाई जग्गाधनीले सो ठाउँमा नवस्न भनेपछि साथमा बस्ने ८ वर्षकी छोरी अनीता, ११ वर्षीय छोरा अमन र ८३ वर्षीया बृद्धा सासूलाई साथै लिएर बास खोज्दै हिाडेको धेरै भइसकेको छ । भूकम्पअघिदेखि नै उनको परिवार घरवारविहीन थियो । पतिले लिएको ऋण तिर्दातिर्दै घरबारी सिद्धियो । दिनरात मजदुरी गरेर साहु मनाउदै आएपनि अझै आधि ऋण तिर्न बााकी छ् । ऋणको भार बोक्नुको पीडाले उनको शिथिल मन ठेगानमा छैन ।

‘विधवा र गरिब भएपछि विभिन्न मानिसले लगाउने लाञ्छना र घृणित शब्द सुन्नुपर्छ,’ अरुको हेपाइले बााच्न मन नलागेको सुनाउँदै उनले भनिन, ‘तर, सन्तानको मुख हेरेर बाँच्नुपरेको छ ।’

बस्ने बास नभएकोले उनको परिवार अरुकै टहरोमा बस्ने गरेका छन् । अरुको टहरोमा कतिन्जेल बस्ने ? लामो सुस्केरा हाल्दै उनले भनिन्, ‘बास बनाउन कसैले सहयोग गरे मेरा छोराछोरीको उद्धार हुनेथियो ।’ छिमेकको टहरामा बसेको रातपछि विद्यालय पुगेर फर्केका छोराछोरीलाई अर्को रात कहाँ लगेर सुताउने भन्ने चिन्ता कार्कीलाई पर्ने गरेको छ । बासको ठेगान नभएकोले उनका छोराछोरी विद्यालय जान छोडेका छन् । भरपेट खाना नपाउने र विनाखाजा स्कुल जानुपर्ने विवशताले उनीहरुले पढाइ छाडेका हुन् । मजदुरीबाट कमाएको पैसाले जसोतासो खाना दिने गरे पनि कपडा र विद्यालय खर्च अभाव भएको उनले बताइन् ।

‘अरुको जग्गा लिएर बस्ने प्रयास नगरेको होइन । तर, भाडा तिर्न सक्दैन भनेर कसैले पत्याएनन्,’ उनले भनिन् । ‘बरु दिनरात खटेर साहुलाई भाडाको पैसा दिन्थेँ,’ उनले आँसु खसाल्दै भनिन्, ‘बास नभएकोले पानी पर्दा र हुरीबतास आउँदा मेरा छोराछोरी बिचल्लीमा पर्ने गरेका छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: