महिलालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-10-13 16:25:07

-रुजु खतिवडा-

पाँचथर । घरायसी आर्थीक अवस्था अत्यन्तै कमजोर भएकी पाँचथरकी एक महिलालाई कोरीयामा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । हिलिहाङ गाँउपालिका–४(साविक पञ्चमी)की तारा लुवागुन(वि.क) लाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

गत भदौमा डोरीमा झुण्ड्याएर प्रसव गराउँदै गरेको अवस्थाबाट उद्वार गरी जिल्ला अस्पताल पाँचथरमा ल्याएर उनको उपचार गराइएको थियो । विभिन्न संचार माध्यमहरुमा डोरिमा झुण्डाइएर प्रसव गराइएको अवस्थावाट उद्धा गरिएको समाचार पढेर कोरीयामा रहेका केहि युवाहरुले उनलाई आर्थिक सहयोग गरेका हुन ।

कोरीयामा रहेका कुवेर लिङदेन् र डम्बर सम्वाहाम्फेको अग्रसरतामा २० हजार रुपैयाँ रकम जम्मा गरेर हिलिहाङ गाउँपालिका ४ का वडा अध्यक्ष श्रीप्रसाल सिगू मार्फत उनलाई रकम हस्तान्ततरण गरिएको थियो ।

हिलिहाङ–४ (साविक पञ्चमी–८)की २२ वर्षिया तारा लुवागुनको उनलाई सुत्केरी व्यथाले च्यापेपछि डोरीमा झुण्ड्याएर प्रसव गराउदै गर्दा स्थानीय समाजसेवि लयप्रसाद संग्रौलाले उद्वार गरी अस्पतालसम्म ल्याएका थिए ।

आर्थिक अवस्था कमजोर भएकी ति महिलालाई अस्पतालमै भएको वेला लाइन्स क्लब अफ पाँचथरले समेत बच्चा र आमाको लागि आवश्यक न्यानो कपडा र नगद सहयोग गरेको क्लवकी अध्यक्ष सन्ध्या न्यौपानेले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: