हजुरआमा टिकटका लागि सिफारिसमा


प्रकाशित मिति :2017-10-13 18:54:28

-अप्रिल अधिकारी-

रामेछाप । कक्षा ४ मा अध्ययन गर्दै गरेकी मन्थली नगरपालिका–८ चिसापानीकी ४५ बर्षिया हर्कमाया माझी प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक उमेदवारमा सिफारिस भएकी छिन् । पिछडिएको समुदायका रुपमा रहेको माझी जातिकी हर्कमाया रामेछाप २ नं क्षेत्रबाट नेकपा एमालेका तर्फबाट समानुपातिकको सिफारिसमा परेकी हुन् ।

केही समयदेखि सामाजिक कार्यका साथै एमालेको राजनीतिमा सक्रिय हर्कमाया पछिल्लो समय पढाइको महत्व बुझेपछि र राजनीतिमा सक्रिय संलग्न हुनका लागि ४५ बर्षको उमेरमा गाउँका नाति नातिनासँग कक्षा ४ मा भर्ना भएर अध्ययन कार्यमा समेत तल्लिन भएकी छिन् ।

पिछडिएको जातिका हिसाबले पनि राजनीतिमा सक्रिय हुने हो भने हर्कमायामा केही सम्भावना रहेको एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले बताए । पार्टीले आफूलाई समानुपातिकको टिकटका लागि जिल्लाबाट माथिल्लो निकायमा सिफारिस गरेकोमा खुसी लागेको हर्कमायाले बताइन् ।

 चुनाव लड्ने महिलाको नाम सिफारिस

आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका ठुला मानिएका ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले जिल्ला तहबाट माथिल्लो तहमा उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।

उनीहरुले गरेको सिफारिसमा प्रत्यक्ष तर्फको निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबाट २\२ जनाको नाम सिफारिस भए पनि कांगे्रेसबाट प्रत्यक्षमा चुनाव लड्ने महिलाको सिफारिस निल रहेको छ । कांग्रेसबाट भने अधिकांश महिला समानुपातिकका लागि सिफारिसमा परेका छन ।

पार्टीहरुको सिफारिस गरिएको संख्यालाई आधार मानेर हेर्ने हो भने पुरुषको तुलनामा महिला सिफारिस कम रहेको छ । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि एक जना महिलाको नाम समेत सिफारिस हुन सकेन । अधिकांश महिलाहरु समानुपातिकको कोटामा रहेका छन् ।

नेकपा एमालेले प्रदेश सभाका लागि रामेछाप १ नं क्षेत्रबाट प्रत्यक्ष तर्फ कमला सुवेदी र सिता केसीको नाम सिफारिस गरेको छ ।

यस्तै माओवादी केन्द्रले प्रदेश सभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षमा लक्ष्मी देवी गुरुङ र क्षेत्र नं २ का लागि सुनिता गौतमको नाम सिफारिस गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: