दोलखाबाट प्रत्यक्ष निर्वाचनमा देवीको नाममात्र सिफारिस


प्रकाशित मिति :2017-10-13 19:04:33

-सर्मिला बुढाथोकी-

दोलखा । आगामी मंसीर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दोलखा जिल्लामा प्रमुख दुई दल कांग्रेस र एमालेबाट प्रत्यक्ष निर्वाचन तर्फ महिला उम्मेदवार सिफारिसमा परेका छैनन् ।

नेकपा माओवादी केन्द्रले भने प्रतिनिधि सभाको लागि पूर्व राज्यमन्त्री देवी खड्काको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र भएको दोलखामा माओवादी केन्द्रले खड्को नाम सिफारिस गरेको भएपनि एमालेसंग चुनावि तालमेल भएको र दोलखा एमालेको भागमा पर्ने निश्चित रहेकोले देवी खड्काको उम्मेदवारी पनि सिफारिसमा मात्र सिमित हुने देखिएको छ ।

समानुपातिक तर्फभने तीनवटै दलबाट प्रतिनिधि सभा र प्रदेश सभाको लागि महिलाहरुको नाम सिफारिसमा परेको छ ।

प्रमुख तीन दलबाट समानुपातिक तर्फ करिब एक दर्जन महिलाको नाम सिफारिस दलहरुले सिफारिस गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: