सुनसरी । प्रदेश नम्बर एकमा अपराध अनुसन्धान र नियन्त्रणमा बर्षभरमा उत्कृष्ठ कार्य गरेको भन्दै प्रहरी जवान बसन्ती राईलाई पुरस्कृत गरिएको छ । प्रहरी जवान राई र प्रहरी सहायक निरीक्षक राजेन्द्र पासवानलाई साधनादेवी प्रहरी पराक्रम पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
६२ औं प्रहरी दिवसको अवसरमा एक नम्बर प्रदेश कार्यालय विराटनगरमामा आयोजित कार्यक्रममा प्रतिव्यक्ति नगद ४० हजार सहित पुरस्कृत गरिएको हो । पुरस्कृत प्रहरी जवान राई क्षेत्रीय अनुसन्धान समूहमा कार्यरत छन् । उनीहरुलाई अपराध अनुसन्धान र नियन्त्रणमा उत्कृष्ट भएबाफत पुरस्कृत गरिएको हो । सो पुरस्कार सुनसरीको धरान–५ निवासी साधनादेवी श्रेष्ठको नाममा प्रा डा विक्रम प्रसाद श्रेष्ठले २०७० सालमा स्थापना गरेका हुन् ।
कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश डा कुलरत्न भुर्तेलले बदलिदो परिस्थितिमा आधुनिक प्रविधिको प्रयोग गरि प्रमाणमुखी अनुसन्धानमा जोड दिन सुझाव दिए । कार्यक्रममा एआईजी पशुपति उपाध्यायले चुनौतीपूर्ण कार्यहरु सम्पादन गर्न प्रहरीको लागि मनोबल र उ्रत्प्रेरणा उच्च राख्न जरुरी रहेको बताए ।
Comment Here!