विश्वको बलात्कारको राजधानी


प्रकाशित मिति :2017-10-15 11:36:03

-जस्टिन मासिका बिहम्बा-

कंगो भगिनी सम्बन्ध र भाइचारा मान्ने देश हो । हामी पुरुषले बोलेको कुरा टिपोट गर्नुको सट्टा स्पष्ट बोलेर हाम्रो जीवनलाई दाउमा राखेरै यौन हिंसाको विरुद्वको राजनैतिक लडाइँ लड्दै यो देशलाइ भित्रैदेखि परिवर्तन गर्दैछौं ।

‘कंगोलिज महिलाले हाम्राे भबिस्य हाम्रै हातमा लिने निर्णय गरेका छन् ।’

म प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी सीमा नजिकै गोमामा हुर्कें । यो देशमा यौन हिंसा व्यापक छ । तर, हामी आफूलाई ‘संसारको बलात्कारको राजधानी’ को रुपमा हेर्दैनौं । म लाइबेरीयाका नोबेल शान्ति पुरस्कार बिजेता लेमा गबोइसँग सहमत छु, जसले हाम्रो राष्ट्रलाई ‘विश्वको भगिनी सम्बन्ध र भाइचाराको राजधानी’ भनेर भने । कंगोलिज महिलाले हाम्रो भविश्य हाम्रो आफ्नै हातमा लिने निर्णय गरेका छन् । हामीसँग थोरै स्रोत छ तर, कसरी गर्ने भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ ।

यो कहिले नसकिने जस्तो देखिने युद्धमा यौन हिंसा पीडितहरुलाई दशकौं पछाडि धेरैले बिर्सिसकेका छन् । विद्यालयपछि तीस वर्षसम्म मैले यहाँ महिलासँगै काम गरेकी छु र यसको कारण मैले दर्जनौं मृत्युका धम्कीहरु पाएकी छु । मेरो घर र कार्यालयमा आक्रमण गरियो र लुटियो । मेरो एक जना कर्मचारी सदस्य बलत्कृत भइन् । तर, हामी यो देशलाई भित्रैबाट परिवर्तन गर्दैछौं ।

हामी महिलाको हाम्रो समुदायमा ठुलो प्रभाव छ तर, हामीहरु कंगोको राजनीतिक जीवनबाट पुरै बञ्चित जस्तै छौं । यो सबको कारण महिलाको परम्परागत भूमिका र सरकारले हाम्रो संविधानको लंैगिक समानताका धारा १४ लाई गरेको बेवास्ता हो । संसदमा महिलाको संख्या ८ प्रतिशत मात्र छ । कहिलेकाहिँ पुरुषले बोलेको कुरा टिपोट गर्न एक दुई महिलाको समावेशिता बाहेक हामी शान्ति निर्माण प्रयासबाट एक प्रकारले पुरै बञ्चित छौं ।

अन्तराष्ट्रिय शान्ति संस्थाका अनुसार यदि महिलालाई छलफलमा समावेश गरियो भने दीगो शान्तिको सम्भावना ३५% ले बढ्छ । तर, युद्धको समयमा महिलाको राजनैतिक सहभागिता घट्दै जान्छ र यौन हिंसा बढ्दै जान्छ ।

धेरै वर्षदेखि मैले अनुभव गरेको छु की शान्ति निर्माण र यौन हिंसा अन्त्यको प्रयास अगाडिबाटै संचालित हुनुपर्दछ । धेरै बहसहरु भएका छन्, जसले प्रगति हुँदैछ भन्ने भ्रम दिन्छ । सन् २००० मा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको धारा १३२५ ले महिलालाई सरकारमा समान राजनैतिक सहभागिताको अधिकार दिनुपर्ने र सरकारले सशस्त्र द्वन्द्वको अवस्थामा महिला र बालिकालाई लैंगिक हिंसा विशेष गरी बलात्कार र यौनजन्य दुव्र्यवहारबाट बचाउन विशेष मापदण्ड अपनाउन आग्रह ग¥यो । तर, संयुक्त राष्ट्रसंघको १७ वर्ष भन्दा बढि समयको संलग्नता र संयुक्त अधिराज्यको द्वन्द्वमा यौन हिंसा अन्त्यका लागि विश्वव्यापी शिखर सम्मेलनको तीन वर्षपछिको प्रगति बास्तवमा एकदमै कम छ । सम्मेलन आयोजनको खर्च ६.९ मिलियन डलर भयो जबकि हामीले हाम्रो काम केहीपनि नलिइकन संचालन गर्यौं ।

जस्टिन मासिका बिहम्बा

गएको महिना मेरो संस्थाले शान्ति र समान राजनीतिक प्रतिनिधित्वका लागि कंगोलिज महिला मंचको सुरुवात गर्न प्रत्येक प्रान्तबाट ६५ महिला राजधानीमा भेला ग¥यो । मेरील स्ट्रिप, ग्लोरीया स्टेइनेम्, लेना डन्हाम, संयुक्त राष्ट्र संघकी पूर्व उच्च आयुक्त नाभी पीले र स्वीडीश विदेशमन्त्री मार्गट वालस्टमले सुझाव दिए र समर्थनका लागि प्रतिज्ञा गरे । हाम्रो कुरा सुनिदिने यति धेरै मानिस पाउदा आश्चर्य र खुसी लागेको छ ।

कार्यक्रम भएको एक हप्ता भन्दापनि कम समयदेखि यसको प्रगति देखिन सुरु भयो । कासाइ क्षेत्रको शान्ति वार्तामा लडाकु समूह लगायत हाम्रो समूहबाट ६ जना र ८० जना स्थानीय महिला सम्मिलित थिए । कासाइ क्षेत्र हिंसाको मैदान हो । यहाँ गत वर्ष ३,३०० मानिस मारिएका थिए ।

सामूहिक रुपमा हेर्दा, उक्त अवसरमा महिलाले झन्डै २० प्रतिशत उपस्थिति थियो । यो संख्या पहिलेका यस्ता अवसरहरु भन्दा उल्लेख्यरुपमा धेरै थियो ।
अहिले हामी धेरै चुनौतिकाबीच यसलाई अझ अगाडि बढाउन तत्पर छौं ।

हरेक दिन म स्पष्ट बोलेर आफ्नो जीवनलाई खतरामा राखिरहेको छु । तर, मसँग अघि बढ्नु बाहेक अरु कुनै उपाय छैन । कंगाेिलज महिलालाई गम्भीर रुपमा लिन जरुरी छ किनभने वर्षौदेखिको शान्तिपूर्ण भविश्यको सपना साकार पार्नु छ र यो हाम्रो पनि हातमा छ ।
साभारः– द गार्जीयन

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: