जेलर पुनको निधनले कारागार शोकमा


प्रकाशित मिति :2017-10-15 11:44:15

-पार्वती पाण्डे-

कपिलवस्तु । कपिलवस्तु कागरागारकी जेलर रेखा पुनको निधनले कारागार शोकमा डुबेको छ । पुनको शुक्रबार राती निधन भएको हो । हृयदघातका कारण ५० बर्षको उमेरमा पुनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

रक्तचाप कम भएपछि पुनको मुख र नाकबाट रगत बग्दा उपचारकालागि भैरहवा अस्पताल लगिएको थियो । उपचारकोक्रममा जेलर पुनको त्यहीँ निधन भएको थियो ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयले तौलिहवामा राखेको ६२ औं प्रहरी दिवसमा सरिक भई दिनभरी कारागार मै पुनले काम गरेकी थिईन् । काम सकेर साँझ सदा झैँ आफ्नै निजी सवारी साधनबाट रुपन्देहीको मंलगपुरमा रहेको घरमा गएकी थिईन् । राति ८ बजेतिर छाती दुखेपछि उनलाई भैरहवा अस्पतालमा लगिएको थियो । पुनको निधनले कागागार शोकमग्न छ । जेलका चौकीदार घन श्याम चौधरीले जेलर पुनको मृत्युले आफुहरु टुहुरो जस्तो बनेको बताए । ‘ सबैलाई अति माया गर्नुहुन्थ्यो, उहाँको मृत्युले हामी निर्कै दुःखी भएका छौ’ । ३ बर्षको कार्यकालमा पुनले कागागारको भौतिक सुधारमा निकै मेहनेत गरेकी थिईन् ।

पुनले कारागार व्यवस्थितरुपमा संचालन गरेको कारागारमा खटिएका सुरक्षाकर्मी बताउँछन् । उनकै कार्यकालमा कागागारमा अढाई करोडको नव निर्मित भवन संचालनमा आएको थियो । यस्तै सीसीटीभी जडान लगायतका कार्यहरु समेत केही दिन अघिमात्र संचालनमा आएको थियो ।

जेलर पुनका श्रीमान र छोरी छन् । छोरी र ज्वाइँ हङकङ बस्दै आएका छन् । पुनको आज आईतवार अन्त्यष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: