बालविवाह रोक्न किशोरी सञ्जाल


प्रकाशित मिति :2017-10-15 12:04:02

काठमाडौं । बालविवाहविरुद्ध बैतडी जिल्लाका किशोरी एकजुट भएका छन् । जिल्लाका कुनै पनि बालबालिका बालविवाहको सिकार नहुन् भन्ने उद्देश्यले किशोरीहरु एक भएका हुन् ।

नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा बिहीबार र शुक्रबार भएको जिल्लास्तरीय सम्मेलनले बाल विवाहविरुद्ध एक भएर लाग्ने निर्णय गरेको हो।

सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासिनी गाउँपालिका तथा पाटन, मेलौली र दशरथचन्द नगरपालिका किशोरी सम्मेलनमा सहभागी थिए। बालविवाहविरुद्ध एकैपटक सबैले हातेमालो गरेकाले नागरिकस्तरमै बालविवाह सामाजिक अपराध हो भन्ने चेतनाको विकास भएको दशरथचन्द नगर बाल सञ्जालकी अध्यक्ष निशा भट्टले बताइन्।

जिल्ला किशोरी सञ्जाल गठन सम्मेलनले जिल्लाका सरोकावालासँग अन्तरक्रिया, किशोरी बृत समूहले गरेका कार्यहरुको आदानप्रदान, भावी रणनीति तय गरेको छ । साथै जिल्ला किशोरी सञ्जाल गठन गरिएको छ।

सीता भट्टको संयोजकत्वमा २१ सदस्यीय सञ्जाल गठनगरिएको हो । बालविवाह न्यूनीकरण अभियानलाई गति दिन सञ्जालले काम गर्नेछ । सम्मेलनमा किशोरीका समस्या समाधानका लागि सरोकारवाला निकायलाई दबाब दिएको र सामाजिक कुरीति तथा महिला र बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि किशोरीको भूमिकाबारे छलफल गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: