‘म बाँच्न चाहन्छु’


प्रकाशित मिति :2017-10-15 14:06:46

‘म भर्खर ३० बर्षकी भएँ । छालामा क्यान्सर भएका कारण भएभरको जायजेथा उपचार गर्दागर्दै सकियो । अहिले कम्तिमा महिनामा ९० हजार खर्च चाहिन्छ । त्यो खर्च कहाँबाट ल्याऊँ ? म बाँच्न चाहन्छु । कृपयाँ सहयोग गरिदिनुस ।’

आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी धरानकी कल्पना राईको आग्रह हो यो । उनले उपचारमा सहयोग जुटाइदिन पत्रकारहरूसँग आग्रह गरेकी हुन् ।

धरान १७ स्थायी घर भएकी राईको छालाको क्यानसरको उपचार गर्दागर्दै ७ महिनामा ८ लाख सकिएको छ । काठमाडौमा उपचार गराइरहेकी राईलाई थप उपचारका लागि आर्थिक अभाव भएको छ । उनको उपचारमा सहयोग गरिदिन राईकी छिमेकी साथी चन्द्रकला राईले आग्रह गरिन् । छिमेकी साथी चन्द्रकला राई कल्पनाको उपचारकालागि फेसबुकमा अभियान चलाउदै छिन् ।

छालाको दोस्रो स्टेजको क्यान्सर भएकाले तत्काल सल्यक्रिया नगरे ज्यान जोखिममा पर्ने डाक्टरले बताए पनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको चन्द्रकलाले बताइन् ।

३० बर्षिया राई वैदेशिक रोजगारका क्रममा जोर्डनमा थिइन् । त्यहाँबाट कमाएको २ लाख, जोर्डनका साथीहरूले सहयोग गरेको डेढलाख, श्रीमानले दिएको ४ लाख र सरकारबाट प्राप्त गर्ने सहयोग रकम अहिलेसम्म उपचारमा सकिएको चन्द्रकलाले सुनाइन् ।

उनलाई सहयोग गर्न चाहाने व्यक्ति तथा संघसंस्थाले कल्पना राईको फोन नम्बर ९८०४०१५९५९ मा सम्पर्क गर्न हुन समेत आग्रह गरेकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: