सिन्धुपाल्चोक । सिन्धुपाल्चोक देशको २९ औ पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आज एक भव्य कार्यक्रमकाका बीच नेपाल सरकार स्वास्थ्य मन्त्रालयकका सचिव किरण रेग्मीेले पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेकी हुन् ।
सरकारले बालबालिकामा लाग्ने रोग विरुद्ध रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न गाउँ वस्तीका बालबालिकालाई अनिवार्य खोप लगाउनु पर्ने भन्दै दुई वर्ष अघि देशव्यापीरुपमा अभियान चलाएको थियो । सोही लक्ष्यलाई अवलम्वन गर्दै जिल्ला स्वास्थ्य कार्यालयले विगत तीन वर्ष देखि अभियान सुरु गरेको थियो ।
पुर्ण खोप सुनिश्चित हुनुले समाजको सर्वाङ्णि विकास सुरु भएको स्वास्थ्य सचिव किरण रेग्मीले बताइन् । पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा बोल्दै रेग्मीले बालबालिकाले खोप पुर्याउनु मात्र नभएर शिक्षा, स्वास्थ्यको सहज भएको अवस्था र चेतना सँगै स्वास्थ्यमा भएको एक फड्को समेत रहेको बताइन् ।
Comment Here!