ओरेकको अध्यक्ष डा. पुनम रिसाल


प्रकाशित मिति :2017-10-16 12:02:45

-महिला खबर-

काठमाडौं । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को अध्यक्षमा डा. पुनम रिसाल मनोनित भएकी छिन् । संस्थाको आइतबार काठमाडौंमा भएको २७ औं वार्षिक साधारण सभाले रिसाललाई अध्यक्षमा चयन गरेको हो । उनले यसअघिको कार्यकालमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

यस्तै संस्थाको उपाध्यक्षमा डा. लक्ष्मी तामाङ, सचिवमा जया लुइटेल र कोषाध्यक्षमा पार्वती बस्नेतलाई चयन गरिएको छ भने रिक्त रहेको सदस्य पदमा दुर्गा कार्कीलाई मनोनित गरि सभाले कार्य समितिलाई पूर्णता दिएको छ । समितिको कार्यकाल एक वर्षको हुनेछ ।

महिलाको राजनैतिक सहभागिता, उनको स्वास्थ्य र शारीरिक स्वामित्वसँगै समाजमा समान दखल, सामाजिक न्यायको पूर्वसर्त हुन भन्ने मान्यता सहित ओरेकले महिला अभियानको रुपमा २७ वर्ष देखी नेपालमा देशब्यापी काम गर्दै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: