काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको अध्यक्ष पदका लागि जमुना गुरुङ (घले)ले उम्मेदवारी दर्ता गरेकी छिन् ।
एनआरएनको आइसीसी सदस्य गुरुङसँगै हालका उपाध्यक्ष भवन भट्टले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
उमेदवारी दर्ता गर्ने अन्तिम समय आज सोमबार बिहान करिब १० बजे गुरुङले उमेद्वारी दर्ता गरेकी हुन् । भट्टले भने हिजै (आइतबार) साँझ नै अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गराएका थिए ।
उमेद्वारी फिर्ताको समय आजै १२ बजेसम्म पनि गुरुङ् र भट्ट मध्य एक जनालाई सर्वसम्मत गर्ने धेरैको प्रयास असफल भयो । सहमतिका लागि गुरुङका श्रीमान तथा हालका अध्यक्ष शेष घले र भट्ट समूहका एनआरएनहरुबीच वार्ता भएपनि सहमति जुटेन ।
१२ बजेसम्म उमेद्वारी फिर्ता नभएपछि आजै ३ बजेबाट मदतान सुरु गर्ने तयारी निर्वाचन समितिको छ । निर्वाचनबाट ३५ सदस्यीय कार्यसमिति चयन गरिने निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए ।
Comment Here!