राष्ट्रपतिले बोलाइन् शीर्ष नेता


प्रकाशित मिति :2017-10-16 14:41:58

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले पूर्वप्रधानमन्त्रीहरुसहित प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि शीतलनिवास बोलाएकी छिन् । निर्वाचनको मिति नजिकिएसँगै दलहरु ध्रुबिकरणमा लागिरहेको बेला अभिभावकको हैसियतमा राष्ट्रपतिले नौ दलका शीर्ष नेतालाई आज अपरान्ह ३ बजे छलफलका लागि सितलनिवास बोलाएकी हुन् ।

संबिधानसभाबाट रुपान्तरित ब्यवस्थापिका संसदको म्याद सकिएपछि राष्ट्रपतिले शीर्ष नेतालाई बोलाएको यो पहिलो पटक हो । सितल निवासका अनुसार छलफलका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित ९ दलका शीर्ष नेतालाई सितलनिवास बोलाइएको छ ।

यसैगरी पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी, लोकेन्द्रबहादुर चन्द, राप्रपा नेपालका अध्यक्ष कमल थापा, आज मात्रै कांग्रेस प्रवेश गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छद्धार, राजपा नेता महन्थ ठाकुर, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जवरा र संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठलाई पनि सितलनिवास बोलाइएको छ ।

राष्ट्रपति भण्डारी र शीर्ष नेताहरुबीच समसामयिक राजनीति, मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको स्वच्छता, शान्तिसुरक्षा विषयमा छलफल हुने बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: