बन्द सूचीमा ५० प्रतिशत महिला उम्मेदवार


प्रकाशित मिति :2017-10-16 14:54:46

-महिला खबर-

काठमाडौं । आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि समानुपातिक प्रणालीको बन्द सूचीमा ५० प्रतिशत महिला सहभागिता गरिएको छ ।

दलहरुले उम्मेदवारको बन्द सूची पेस गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

सोही बमोजिम दलहरु ५० प्रतिशत महिला सहभागि गराउन बाध्य भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

महिला खबरसँग कुरा गर्दै प्रवक्ता ढकालले ५० प्रतिशत महिला सहभागि नगराउने दललाई सच्याउन आग्रह समेत गरिएको बताए ।

कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयको समानुपातिक निर्वाचन एकाइमा आइतबार ४९ राजनीतिक दलले बन्द सूची पेस गरेका छन् । ५५ दलले टोकन लिएपनि ४९ दलले मात्रै बन्द सूची पेस गरेको आयोगले बताएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवार बन्द सूची पेस गर्ने समय तोकिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: