बालिका बन्धक बनाउने युवक प्रहरीको फन्दामा


प्रकाशित मिति :2017-10-17 10:10:40

काठमाडौं । बालिकालाई शरीर बन्धक बनाएर जबरजस्ती करणी गर्ने उदयपुरका एक युवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बन्धक बनाउने त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कटवालले खोटाङमा ट्याक्टर चलाउँदै आएको बताइएको छ ।

विवाह गर्ने प्रलोभन देखाएर लामो समयदेखि जबरजस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राख्ने कट्वालविरुद्ध पीडित बालिकाकी आमाले दिएको उजुरीको आधारमा असोज २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । हिरासतमा राखिएका कटवालविरुद्ध जबरजस्ती करणी, अपहरण र शरीर बन्धक अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ ।

गाईघाटस्थित एउटा घरमा राखेर पटक–पटक करणीको शिकार बनेकी बालिका नौं दिनपछि भदौ ३१ गते भाग्न सफल भएको 

जिल्लाको उत्तरी क्षेत्रकी पीडित बालिकाकी आमाले दिक्तेलस्थित कार्यालयमा आएर २७ गते उजुरी दिएपछि कटवाललाई रूपाकाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नासाथ २९ गते नै जिल्ला अदालत खोटाङमा लगेर पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताए ।

अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका कटवालले गत भदौ २३ गते बालिकालाई घरैबाट अपहरण गरेर गाईघाट लगी बन्धक बनाएर राखेको उजुरीमा उल्लेख छ । गाईघाटस्थित एउटा घरमा राखेर पटक–पटक करणीको शिकार बनेकी बालिका नौं दिनपछि भदौ ३१ गते भाग्न सफल भएको आफन्तले जनाएका छन् ।

पीडित बालिकाकी छिमेकी एक महिलाले ललाईफकाई कटवालसँग सम्पर्क गराइ दिएपछि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बालिका अपहरणमुक्त भएपछि फरार रहेकी महिलाविरुद्ध समेत मुद्दा दर्ता गरेर खोजी कार्य सुरु गरिएको प्रनाउ थापाले जनाए ।

शरीर बन्धक बिरुद्ध के छ कानुनी सजाय ?

जबरजस्ती करणी गर्नेलाई ६ देखि दश वर्ष, अपहरण तथा शरीर बन्धक बनाउनेलाई ७ देखि १५ वर्ष कैद भुक्तानी गराउनुपर्ने कानुनी व्यवस्था छ । नाबालिका भएको हकमा थप दुई वर्ष कैदसँगै क्षतिपूर्तिसमेत भराउने व्यवस्था रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: