बेलायत । बेलायतमा १३ अक्टोबरमा सुरुवात गरिएकोे नयाँ सामाजिक अभियानको उद्देश्य वेल्स्लाई पहिलो ‘लैङ्गिक समानता राज्य’ बनाउनु हो ।
गर्लस् सर्कल नामक संस्थाको उद्देश्य किशोरीहरुलाई आफ्नो विचारहरु व्यक्त गर्न र निष्पक्ष समाज सृजना गर्ने मंच प्रदान गर्नु हो ।
कार्डिफमा २ सय जना भन्दा धेरै छात्रा, महिला तथा व्यवसायिकको समूहले एक समाहरोमा यसको उद्घाटन गरेका थिए ।
यो अभियान हालसालै गरिएको सर्वेक्षणमा आधारित छ । वेल्स्मा १४ देखि २१ वर्षसम्मका ८ सय जना व्यत्तिलाई गरिएको सर्वेक्षण अनुसार ९० प्रतिशतले वेल्स् राज्यमा राम्रो सहयोग\समर्थन नमिलेको बताए।
बालबालिका सम्बन्धी आयुक्त सेली हल्यान्ड भन्छिन्, ‘यो समूहले सबैतिरका किशोरीहरुलाई आफ्नो अधिकार बुझ्न, समर्थन गर्न र सशक्तिकरणतिर प्रेरित गर्ने छ ।’
संस्थापक निक्की जायन्ट भन्छिन्, ‘यो अभियानको उद्देश्य वेल्स्मा निष्पक्ष र समानताको लागि युवा महिला तथा किशोरीहरुलाई एक आवाज र मंच प्रदान गर्नु हो । यो मंचमा उनीहरुले विचार तथा सुझावहरु दिन सक्ने छन् ।’
विद्यालय र कलेजका छात्राहरु उद्घाटन समाहरोमा प्रेरणादायी व्यक्तित्वहरुको कमी र लैङ्गिक रुढिवादले ल्याएको विभेदका विषयमा बोल्ने छन् ।
गर्लस् सर्कलले अनलाइनबाट धम्काउने र मानसिक स्वास्थ लगायत विविध विषयमा काम गर्ने छ । यो संस्थाको प्रगति मापन गर्न वार्षिक समीक्षाहरु गर्ने योजनापनि छ ।
साभारः बिबिसी
Comment Here!