श्रम विधेयक ऐन कार्यान्वयनको चरणमा


महिला र पुरुषले समान कामको समान ज्याला पाउने

प्रकाशित मिति :2017-10-17 11:02:03

–सन्दिप वि.क –

काठमाडौं । हेटौंडा मकवानपुर घरभई हाल काठमाडौं भैँसेपाटीमा बस्दै आएकी २८ वर्षीया ललिमाया तामाङले मजदुरी गर्न थालेको झण्डै २ वर्ष भयो ।

श्रीमान ज्ञानबहादुर पनि उनीसँगै घर बनाउने ठाउँमा काम गर्छन् । तर, ज्याला बुझ्दा श्रीमान श्रीमतीका हातमा समान पैसा पर्दैन । श्रीमान ज्ञानबहादुरले ललिमायाले भन्दा झण्डै दोब्बर ज्याला बुझ्छन् । सँगै काम गर्ने श्रीमान आफ्नो ज्यालामा  दोबर फरक हुँदा नरमाइलो लाग्ने उनले बताइन् ।

                                                     श्रीमानको साथमा मजदुरी गर्दै ललिमाया तामाङ

‘हामी दुबै जना एकै ठाउँमा, एउटै किसिमको काम गर्छौ । श्रीमानको ज्याला दिनको एक हजार हुन्छ तर, मेरो ज्याला ६०० मात्र ।’ उनले भनिन्, ‘ज्यालामा मजदुरी गर्दा पुरुषले भन्दा महिलाहरूले बढी काम गर्छन् । तर ज्याला भने पुरुष भन्दा झण्डै आधा कम मात्रै दिइन्छ ।

ललिमाया जस्तै हेटौंडा मकवानपुर घर भई हाल ललितपुर बालकुमारी बस्दै आएकी ३५ वर्षीया कल्पना कुमाल पनि घर बनाउने ठाउँमा मजदुरी गर्छिन् । कल्पनाले मजदुरी गर्न थालेको झण्डै ३ वर्ष भयो ।

घर बनाउने ठाउँमा सामान ओसार्दै कल्पना कुमाल

हरेक दिनको १० बजेदेखि नै उनी इट्टा बोक्ने, बालुवा, सिमेन्ट बोक्ने, र पलास्टरको लागि मसला बनाउने काम गर्छिन् । ४ सयबाट सुरु भएको उनको ज्याला अहिले ५ सय ५० पुगेको छ । उनीसँगँ काम गर्ने पुरुष साथीहरूले भने दैनिक १ हजार भन्दा बढी ज्यादा बुझ्छन् ।

उनले भनिन्, ‘महिला र पुरुषको ज्यालामा फरक छ । काम एउटै हो । अझ महिलाहरू बढी खटिन्छन् । ठूलाठूला घरमा बालुवा, सिमेन्ट ओसार्ने पनि महिला नै हो । ’

अबदेखि समान कामको समान ज्याला हुन्छ भन्दा उनले पत्याइनन् । उनले भनिन्–‘त्यस्तो भइदिए त साह्रै राम्रो हुन्थ्यो । बालबच्चा पाल्न दैनिक गुजारा चलाउन सजिलो हुनेथियो ।’

लमजुङ घर भई हाल काठमाडौंको मनमैजुमा बस्दै आएकी ३३ वर्षीय मिना गुरुङपनि श्रीमान गुनबहादुरसँगै घर बनाउने काममा खटिन्छिन् । तर ज्याला बुझ्ने बेलामा भने श्रीमानको ज्याला भन्दा आधा बुझ्छिन् ।

उनले भनिन्, ‘श्रीमान श्रीमती विहान १० बजेदेखि नै काम गर्छौ । तर श्रीमानको ज्याला फरक छ । काम एकै हो ।’ समान कामको समान ज्याला हुँदैछ भन्ने सुनेर उनी पनि दंग परिन् ।

यि त एउटा उदाहरण मात्रै हुन् । नेपालमा धेरै महिलाहरू ज्यालादारीको रुपमा कार्यरत छन् । तर, श्रममा महिलाले पुरुषको तुलनामा समान ज्याला पाउन सकेका छैनन् । एउटै कामका लागि पुरुषको तुलनामा कम ज्याला दिने गरिन्छ । उनीहरूलाई दोस्रो दर्जाको श्रमिकको रुपमा हेर्ने गरिन्छ ।

व्यवस्थापिका संसदले ‘श्रम विधेयक, २०७४’ लाई सर्वसम्मतले पारित गरिसकेको छ । विधेयकको परिच्छेद २ को ७ मा समान कामको लागि पारिश्रमिकमा भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ ।

यस्तै उपदफा (१) मा लिङ्गको आधारमा श्रमिकबीच समान मूल्यको काम (इक्वयल भ्यालु अफ वर्क) को लागि पारिश्रमिकमा भेदभाव गर्न हुँंदैन भनिएको छ ।

परिच्छेद २ को ९ मा यस ऐन तथा अन्य कानून बमोजिम श्रमिकलाई प्रदत्त कुनै अधिकारको हनन् भएमा त्यस्तो श्रमिकले यो ऐन तथा अन्य कानून बमोजिम उपचार प्राप्त गर्न सक्नेछ भनिएको छ । सो ऐन लागु हुने क्रममा रहेको छ ।

व्यवस्थापिका संसदका सहायक प्रवक्ता डिल्लिराम रिजालले श्रम विधेयक ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको भन्दै छिटै लागू हुने प्रक्रियामा रहेको बताए ।

नेपाल ट्रेड युनीयन कांग्रेसकी नेता रमा पौडेलले श्रम विधेयकमा उल्लेख भएको समान कामको समान ज्याला श्रमिक महिलाको पक्षमा रहेको बताइन् । उनले ऐन कार्यन्वयनमा समेत ध्यान दिन आग्रह गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: